arrow

कोरोना क्लिन बन्दै फ्रान्स, सबै प्रकारका प्रतिबन्ध हटाइयो, विदेश जान पनि पाइने 

logo
प्रकाशित २०७७ असार १ सोमबार
emmanuel-macron.jpg

काठमाडौं । फ्रान्स कोरोना भाइरसको महामारी ‘क्लिन’ बन्दै गएको छ । कुनै समय निकै अताल्लिएको फ्रान्स कोरोना क्लिन बन्दै गएपछि लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाइएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्समा होटल र रेष्टुराँ खोल्न दिने र विदेश यात्रा गर्न पनि अनुमति दिइएको बताएका छन् ।

युरोपियन युनियनमा आवद्ध देशहरुले पनि आफ्ना सीमा खुला गर्नुका साथै दैनिकी सहज बनाउने बताएका छन् ।

टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले कोरोनाको संक्रमण पुनः दोहोरिने खतरा भएपनि सबै प्रकारका प्रतिबन्धहरु हटाइएको स्पष्ट पारे ।

उनले लामो समयको प्रतिबन्धका कारण धरासायी बनेको अर्थतन्त्र र सर्वसाधारणको दैनिकी सहज बनाउन सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

गत मे महिनाको सुरुवातसँगै फ्रान्सका धेरै शहरमा होटल, क्याफे तथा रेष्टुराँहरु खोल्ने अनुमति दिइएको थियो । यही जुन २२ देखि सम्पूर्ण शैक्षिक संस्थाहरु पनि सुचारु हुने बताइएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४०७ जना कोरोना संक्रमित देखिएका छन् । ९ जनाको मात्र ज्यान गएको छ । अहिलेसम्म संक्रमित हुनेको संख्या १ लाख ५७ हजार २२० पुगेको छ । 

मृत्यु हुनेको संख्या २९ हजार ४०७ छ । निको हुनेको संख्या भने ७२ हजार ८५९ छ । अझै ५४ हजार ९५४ जनामा सक्रिय कोरोना संक्रमण देखिए पनि त्यहाँ सबै प्रतिबन्धहरु हटाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ