arrow

रक्तदाता दिवसको अवसरमा कृति फाउण्डेसनको रक्तदान कार्यक्रम

logo
प्रकाशित २०७७ असार १ सोमबार
raktadata.jpg

काठमाडौं । विश्व रक्तदाता दिवसको अवसरपारी कृति फाण्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताले रक्तदान गरेका छन् । लकडाउनको समयमा रक्तदानका कार्यक्रमहरू कम भएका कारण बजारमा यसको अभाव हुनसक्ने तर्फ ध्यान दिँदै आइतबार फाउण्डेसनले सो कार्यक्रमको आयोजना गरेको थियो । 

गिरिजाप्रसाद कोइराला फाण्डेसन, युवा तथा खेलकुद समिति, शुभारम्भ युवा क्लव र साइन्टोलोजी भोलेन्टियर मिनिष्टरको सहयोगमा सम्पन्न कार्यक्रम सम्पन्न भएको फाउण्डेशनका अध्यक्ष तथा वृहत रक्तदान कार्यक्रमका संयोजक गुणराज प्याकुरेलले जानकारी दिए । कार्यक्रम हरेक जुन १४ मा मनाइने विश्व रक्तदाता दिवसको अवसरमा गरिएको थियो ।  

बन्दाबन्दीको यो अवस्थामा उपत्यकालगायत देशभर रगतको चरम अभाव भएको छ । उपत्यकाका अधिकांश ब्लड बैंकमा सबै समुहको रगतको अभाव छ । यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसूतिलगायतका आपतकालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शैयामा छटपटाइरहेका छन् । 

यही सन्दर्भमा विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि निरन्तर मनाइँदै आएको रक्तदाता दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो। रगतको आवश्यकतालाई परिपुर्ति गर्ने र क्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ