arrow

‘अब त पत्याऊ’ : याे भाषण हैन नीति–कार्यक्रम हाे

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
kp-oli-final-final9.jpg.jpeg
काठमाडौं । केही समय अघि नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको एक कार्यक्रममा एक वर्ष भित्र नेपाललाई लोडसेडिङमुक्त बनाउँछु भन्दा कार्यक्रममा उपस्थितहरूले एक अर्कामा हेराहेर गरे । 
 
ठट्टा गरिरहने ओलीले ठट्यौली पारामा भनेको भन्दै धेरैले त्यसलाई फिक्का सम्झिए । तर, ओली भने सोही विषयलाई आफू उपस्थित हरेक कार्यक्रममा बोल्दै हिँडे  । त्यसपछि भने, धेरैले ओलीले ठट्टा गरेर भनेको होइन भन्ने सम्झिन थाले । यद्यपि, स्पष्ट आधार विना नै उद्घोष भएका यस्ता विषयलाई नागरिकले  पत्याउन सक्ने अवस्था थिएन । तर, आइतबार प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत त्यही हावादारी भनिएको भाषणवाजीहरु  नै समेटिएपछि भने आम नागरिक चकित भएका छन् । 
 
प्रधानमन्त्री ओलीले गरेको भाषणमा समेटिएका अधिकांश बुँदाहरू सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएपछि आधारहिन भनिएका ती भाषण पत्याउनै पर्ने भयो । सरकारको नीति तथा कार्यक्रममा एक वर्ष भित्र आधारभूत तथा दुई वर्ष भित्र माग बमोजिम विद्युत आपूर्ति गर्नेगरी सरकारले जलविद्युत र अन्य नवीकरणीय उर्जा उत्पादन कार्य अघि बढाउने उल्लेख गर्दै २०८२ सालभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ । जुन प्रधानमन्त्री ओलीले हरेक कार्यक्रममा भन्दै आएको कुरा हो । 
 
त्यस्तै, पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माण योजना अघि बढाउने, रसुवागढी–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन दुई वर्षमा तयार गरी निर्माण कार्य आरम्भ गर्ने र चीनसँग सम्झौता भएबमोजिम नेपालले पारवहन सुविधा प्राप्त गर्ने, विद्युत प्रशारण लाईन विस्तार गर्ने, रसुवागढी किमान्थाङ्का सडक स्तरोन्नती तथा निर्माण गर्ने र अरनिको राजमार्ग स्तरोन्नती सहित तातोपानी नाका सञ्चालन गरिने लगायतको विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसरी जनताले सीधा रूपमा पत्याउनै नसकेका विषयकहरू नीति तथा कार्यक्रममा समेटेको सरकारले कार्यान्वयन गर्न सके सरकार सफल सावित हुने छ, भने अन्यथा सरकारको नीति तथा कार्यक्रम नै हावादारीमै फर्किने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ