arrow

फ्रान्समा शालिक तोडफोड अस्वीकार्य : राष्ट्रपति म्याँक्रो

logo
एएफपी,
प्रकाशित २०७७ असार १ सोमबार
macron-french.jpg

पेरिस। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले विवादको घेरामा तानिएका शालिकहरु हटाउने वा इतिहासका तथ्यहरुलाई समाप्त पार्ने कार्यमा फ्रान्सको समर्थन नरहने बताएका छन्। अश्वेत नागरिकमाथि विभेद गरिएको भन्दै विश्वका विभिन्न स्थानमा पूर्व उपनिवेशकालीन प्रतीक वा वस्तुमाथि प्रश्नचिह्न उठाइएको बारेमा प्रतिक्रिया दिँदै राष्ट्रपति म्याँक्रोले यस्तो धारणा सार्वजनिक गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याँक्रोले केही दिनदेखि फ्रान्समा प्रहरी दमनका विरुद्ध प्रदर्शनहरु भए पनि फ्रान्सभित्र जातीय विभेदकारी कार्यहरु भए त्यसलाई कुनैपनि अवस्थामा स्वीकार्न नसकिने स्पष्ट गरे। कतिपय क्रुद्ध प्रदर्शनकारीले बेलायत र संयुक्तराज्य अमेरिकामा उपनिवेशसँग जोडिएका महत्वपूर्ण व्यक्तिका शालिकहरु तोडफोड गरेका छन्। तर राष्ट्रपति म्याँक्रोले विगतको विरासत वा कुनै कालखण्डको प्रतिनिधित्व गर्ने सामग्रीलाई तोडफोड गर्नुपर्छ भन्नेमा आफू सहमत नभएको बताए। 

उनले भने, गणतन्त्र फ्रान्सले इतिहासमा दर्ज कुनै नाम वा विषयलाई त्यतिकै त्याग्न सक्दैन। आफूले गरेका कुनै कार्य फ्रान्सले त्यतिकै बिर्सन मिल्दैन। इतिहासका साक्षी कुनै पनि शालिक फ्रान्सले ढाल्ने छैन। उनले यो खासगरी अफ्रिकाका सन्दर्भमा महत्वपूर्ण रहेको छ भने। अफ्रिकाका धेरै देशमा फ्रान्सेली उपनिवेश रहेको र अझै पनि उपनिवेशको मुद्दाले अफ्रिकीलाई क्रुद्ध बनाउने गरेको छ। 

तर फ्रान्स र अफ्रिकाले वर्तमान र भविष्य निर्माणका लागि एकअर्कासँग मिलेर कार्य गर्नुपर्नेमा उनले जोड दिए। हालैका साताहरुमा फ्रान्सका विभिन्न शहरमा जातीयता र अल्पसंख्यकमाथि प्रहरीको दमन विरुद्ध प्रदर्शनहरु भएका छन्। यी प्रदर्शनहरु खासगरी अमेरिकामा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएडको मृत्यु भएपछि प्रहरी दमन र जातीय विभेद विरुद्ध केन्द्रित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ