arrow

भारतमा कोरोनाः एकैदिन ३९६ जनाको मृत्यु, संक्रमित थपिने भन्दा निको हुने बढी

logo
प्रकाशित २०७७ असार २ मंगलबार
india-pcr-test.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस उच्च विन्दूमा पुगेको छ । हरेक दिन १० हजार भन्दा बढी नयाँ संक्रमित थपिँदै गएका छन् भने विश्वमै तेस्रो स्थानमा रहँदा संक्रमित थपिएका छन् । 

मृत्युमा पनि भारत २४ घण्टामा तेस्रो स्थानमै रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार १४ जना संक्रमित थपिएका छन् । 

योसंगै संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ । मृतकको संख्या ९ हजार ९१५ पुगेको छ । ३९६ जना नयाँ मृतक हुन् । जुन एकैदिन भारतमा बढी हो । 

पछिल्लो २४ घण्टामा संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढी रहेको छ । १० हजार ६३७ जनालाई निको भएको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २ हजार ७८६ जना थपिएर संक्रमितको संख्या १ लाख १० हजार ७४४ पुगेको छ । मृतक १७८ थपिएर ४ हजार १२८ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ