arrow

कस्तो आयो प्रदेश २ को बजेट ? 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार २ मंगलबार
vijay-kumar-yadav-mantri.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई  सरकारले  २०७७–७८ अगामी आर्थिक वर्षको अनुमानित राजश्व तथा व्यय ३३ अर्व ५६ करोड ९ लाख ८९ हजार प्रस्तुत गरेको छ ।

सोमबार प्रस्तुत गरेको जस अन्तर्गत चालुतर्फ १५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात् कुल बजेटको ४५.९५ प्रतिशत र पुँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् कुल बजेटको ५३।६७ प्रतिशत बजेट बिनियोजन गरिएका छन् ।

साथै बित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात् ०.४८ प्रतिशत बिनियोजन गरिएको हो । प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सभामुखको अनुमतिमा स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सो परिमाणको बजेट घोषणा गरेको छ।

बजेटमा स्वास्थ्य सेवा बाहेक कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता राखेको बताए । नागरिकको स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्ति विकास प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेका छन् ।

तपसिल बमोजिमका शिर्षकहरुलाई प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरिएको छ । 

एक निर्वाचन क्षेत्र एक उद्योग, प्रदेश निजामती गठन, प्रदेश प्रहरी गठन तथा भौतिक पूर्वाधार विकास, दलित विकास समिति गठन गरी ५० लाख बिनियोजन जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड क्यान्सर, ट्रमा सेन्टर र सरुवा रोग अस्पतालका लागि क्रमशः २, २ र १ करोड गत वर्षको उपभोक्ता समितिको बाँकी भुक्तानीका लागि ८६ करोड आठ जिल्लामा ६४ सडकका लागि ६७ करोड मधेशी शहिद राजमार्गको डिपिआरका लागि ३ करोड गढीमाई र सिम्र्रानगढ पर्यटकीय विकास कार्यक्रमका लागि १ करोड ५० लाख बेटी बचाउ बेटी पढाउ कार्यक्रमको विभिन्न शिर्षकमा ५४ करोड बजेट छुट्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ