arrow

ला-लिगा: बार्सा र रियाल उपाधि होडमा, एथ्लेटिको बाहिरियो

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
Real_Ronaldo.jpg.jpeg
काठमाडौं। लालिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ। लामो समयसम्म उपाधि होडमा रहेको एथ्लेटिको मड्रिड बाहिरिएको छ। रेलिगेसन जोनमा रहेको लेबान्तेसँग पराजित भएपछि एथ्लेटिको बाहिरिएको हो।
 
बार्सिलोना र रियाल मड्रिड दुवैले आ-आफ्नो खेल जित्दै उपाधिकालागि अन्तिम खेलको निर्णय हुनुपर्ने बनाएका छन्। ३७ खेलमा ८८ अंक सहित अग्रस्थानमा बार्सिलोना रहेको छ भने उतीनै खेलबाट ८७ अंकका साथ रियाल दोस्रो स्थानमा रहेको छ। 
 
अन्तिम खेलमा बार्सिलोना बिजयी भए उपाधि जित्ने छ भने रियालकालागि बार्सिलोनाले हार वा बराबर गरेर आफुले जित्नु पर्नेछ। शुरुदेखि अंक तालिकामा पनिलो स्थानमा रहेको बार्सिलोनाले यो ठाउँमा आएर उपाधि गुामउन अवश्य चाहाने छैन् तर खेल हो भन्न सकिन्न भन्ने सिद्धान्तलाई मान्ने हो भने रियाल पनि केहि आशावादी हुनु पर्छ। 
 
बार्सिलोनाले आफ्नो अन्तिम खेल ग्रानाडासँग खेल्ने छ भने रियालले डेपोटिभो लाकुरानासँग खेल्ने छ। ग्रानाडा अंक तालिकाको १६औं स्थानमारहेको छ भने डेपोटिभो १३औं स्थानमा रहेको छ। 
 
बार्सिलोनाले स्पान्योललाई ५-० गोलले पराजित गर्दै आफ्नो दावेदारी कडा रुपमा प्रस्तुत गरेको छ। खेलको आठौं मिनेटमा स्टार खेलाडी मेस्सीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। स्वारेजले ५२औं र ६१औं मिनेटमा गोल गर्दे बार्सालाई ३-०को अग्रता दिलाएका थिए। 
 
७४औं मिनेटमा राफिनाले गोल गरे भने ८३औं मिनेटमा नेयमारले गोल गर्दै खेल ५-० बनाएका थिए। बार्सिलोनाले खेल पुर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो। ७२% बल आफ्नो पक्षमा पारेको बार्साले स्पान्योललाई खेलमा खुल्ने मौका दिएको थिएन। खेलमा मेस्सीले पहेंलो कार्ड पाएका थिए। 
 
रियालले भ्यालेन्सियालाई ३-२ गोलले हराउने क्रममा रोनाल्डोले २ गोल गरेका थिए। खेलको २६औं र ५९औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए। ४२औं मिनेटमा रियालकाालगि बेन्जेमाले गोल गरेका थिए। 
 
भ्यालेन्सियाकालगि ५५औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए भने ८१औं मिनेटमा आन्द्रे गोमेसले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका भए पनि त्यसपछि कुनै गोल हुन नसकी खेल रियालले जितेको थियो। भ्यालेन्सियाका रोड्रिगोले रातो कार्ड खाँदै बाहिरिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ