arrow

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोट

logo
प्रकाशित २०७७ असार २ मंगलबार
south_korea.jpg

सिन्ह्वा, सोल । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ । दुई कोरियाको सीमा क्षेत्रमा रहेको केसङ क्षेत्रको औद्योगिक पार्कमा यस्तो विस्फोटको आवाज आएको सुनिएको दक्षिण कोरियाली सरकारले जनाएको छ ।

उक्त आवाज के विस्फोट भएका कारणले आएको हो भन्ने बारेमा भने अनुसन्धान जारी रहेको दक्षिण कोरियाली सरकारले जनाएको छ । दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले सैनिक स्रोतलाई उद्धृत गर्दै सो समाचार दिएका छन् । तर त्यो आवाज केको हो भन्ने बारेमा भने उनीहरुले पनि बताउन सकेका छैनन् । 

तर उक्त क्षेत्रमा उत्तर कोरियाका तर्फबाट विस्फोट भएको अनुमान गरिएको ती सञ्चारमाध्यमहरुको भनाई छ । मङ्गलबार अपरान्हमा सो औद्योगिक क्षेत्रमा ठूलो आवाज आएको त्यस आवाजसँगै धुवाँको मुस्लो पनि देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

तर यस विषयमा उत्तर कोरियाका तर्फबाट भने केही जानकारी आएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस विषयमा अनुसन्धान सुरु भएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ