arrow

अन्डरवर्ल्ड डन दाउदको राजमा शाहरुख वेपत्ता !

logo
प्रकाशित २०७७ असार २ मंगलबार
shah-rukh-khan-as-dawood.jpg


काठमाडौं ।  सन् २००० तिरको कुरा हो । त्यतिबेलासम्म  अन्डरवर्ल्ड डन दाउद इब्राहिमको दाहिने हातका रुपमा छोटा सकिलले आफूलाई उभ्याइसकेका थिए ।  अन्डरवर्ल्ड डन दाउदले उनलाई खासगरी जबर्जस्ती रकम असुलीको धन्दामा केन्द्रित गराएका थिए ।

तर,सकिलको भित्री इच्छा बलिउडमा हात हाली ग्यालमर दुनियाँमाथि राज गर्नु थियो । त्यसका लागि उनी ठूला स्टारलाई लिएर फिल्म बनाउने सोचमा थिए ।

त्यसका लागि उनले नाजिम रिज्वी नाम गरेका व्यक्तिलाई नियुक्त गरे । उनीमार्फत बलिउडमा वैधानिक रुपमै लगानी गरेर क्रियाशील हुने लक्ष्या राखे । सकिलको पहुँच र लगानीबाट करिअर उकास्न पाइने देखेर रिज्वी पनि मख्ख परे ।

निर्देशकका रुपमा उनीहरुले अब्बास बर्मावाला र मस्ता बर्मावालालाई छनोट गरे । यी दाजु–भाइ अब्बास–मस्तानको नाममा संयुक्त रुपमा फिल्म निर्देशन गर्ने गर्थे । प्रहरीले सकिलको मोबाइलबाट हुने कल ट्यापिङ गरिरहेको रहेछ ।

सकिलको इच्छाअनुसार रिज्वीले अब्बास–मस्तानलाई फिल्म चोरी चोरी चुप्के चुप्के बनाउन लगाए । फिल्ममा सलमान खान,रानी मुखर्जी र प्रिन्टी जिन्टालाई काम गराइयो ।

शाहरुखको फिल्म छायांकन भइरहेको स्थानमा एक दिन रिज्वी पुगे र आफू शाहरुखलाई भेट्न आएको सन्देश पठाए । तर,शाहरुख रिज्वीबाट तर्किए ।

रिज्वीले पिछा नछाड्ने देखेपछि शाहरुख सहकर्मी रानी मुखर्जीको कारमा छिरे र कारभित्रै एकघन्टा भन्दा बढी समय बसे । अन्त्यमा कार बाहिर ननिस्की उनी वेपत्ता भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ