arrow

४५ बर्षपछि सीमामा भिडे भारतीय र चिनियाँ सेना, झडपमा ३ भारतीय सैनिकको मृत्यु चीनतर्फको विवरण आउन बाँकी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २ मंगलबार
India-China-Doklam-Stanoff-620x400.jpg

काठमाडौं। भारत र चीनका सैनिकबीच झडप हुँदा ३ भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाका अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

सोमबार राती चिनियाँ सेनाको आक्रमणमा परि सेनाका एक कर्णेल र दुई जवानको मृत्यु भएको भारतीय सेनाले पुष्टी गरेको छ। पूर्वी लद्धाखको गल्वान क्षेत्रमा झडप भएको बताइएको छ।

दुई देशका सैन्य अधिकारीहरुबीच वाता भएको राती नै यो हिंसात्मक झडप भएको हो।  

झडपमा गोली नचलेपनि ढुङगा, लाठी र अन्य धारिलो हतियार प्रयोग भएको हुनसक्ने बताइएको छ। चीनतर्फ क्षतीको विवरण आउन बाँकी छ।

पछिल्लो ४५ बर्षमा भारत र चीनको सीमा एलएसीमा भएको पहिलो हिंसात्मक झडप रहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ।

दुई देश युद्धको अवस्थामा रहेपनि कुटनीतिक र सैन्य अधिकारीहरुको वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिंसात्मक झडप भएको हो।

सीमा क्षेत्रमा भारतले नेपालीहरुसमेत रहेको गोर्खा रेजिमेन्टलाई समेत परिचालित गरेको बताइएको छ। यद्यपी यस झडपमा कुनै नेपाली भारतीय सेना परेको वा नपरेको एकिन बताइएको छैन।

भारतीय सेनाले मृतकका आफ्नतलाई उनीहरुको मृत्युको बारेमा जानकारी दिएपछि मात्र उनीहरुकव विवरण सार्वजनिक गर्ने बताइएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ