arrow

भीम अस्पताल भैरहवाबाट २६ जनाले जिते कोरोना

logo
प्रकाशित २०७७ असार २ मंगलबार
corona8.jpg

बुटवल । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् ।गत जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ मध्ये २६ जनालाई मंगलबार डिस्चार्ज गरिएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए ।

१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य विरामीहरुमा कोरोना (कोभिड–१९) सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिए । एक जनामा अझै ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उनले बताए । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षिय महिला, ४१ र ४३ वर्षिय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षिय महिला र ४२ वर्षिय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षिय महिला, बुद्धभुमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षिय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षिय महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षिय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मंगलबार अस्पतालले विदाइ गरेको छ । यस अघि निको भएका २५ जना कोरोना संक्रमितलाई अस्पतालले जेठ १९ गते डिस्चार्ज गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ