arrow

कोरोना रोकथाममा सरकारको उदासिनता प्रति विरोध गर्दै कांग्रेसद्वारा ज्ञापन पत्र 

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७७ असार २ मंगलबार
congress-patra.jpg

कपिलवस्तु । केपी ओली नेतृत्वको सरकारले ३ महिना भन्दा वढि नेपालमा कोरोना नियन्त्रणको नाममा ठोस योजना सहित काम नर्गदा ६ हजार बढिलाई सक्रमण र दर्जन वढि नागरिकको ज्यान जादा समेत उचित कदम नचालेको प्रति नेपाली कांग्रेसले कपिलवस्तु सहित ७७ जिल्लावाट ज्ञापन पत्र बुझाएको छ । 

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल  मार्फत कपिलवस्तु कागेंसले प्रधानमन्त्रीलाई  ज्ञापन पत्र बुझाएको छ । 

 करिब ३ महिना सम्मको लक डाउनले  पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बनाउने काम सरकार वाट भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पार्टी सभापति  सुरेन्द्र राज आर्चायद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा  विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र यो अवस्था भयावह हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहेको बताइएको छ । 

तत्काल जनताका आधारभुत आवश्यकता र स्वास्थ्य संग जोडिएका समस्या समाधान गर्न नेपाली कांग्रेस  सरकारसंग जोडदार रुपमा माग गरेको कोण सभामा आर्चायले बताए  । सरकार  जनताका समस्या प्रति सरकारले खेलवाड गरेमा  वा उदासिनता देखाएमा सिंगो नेपाली कांग्रेस र आम नागरीक सरकार विरुद्ध संर्घषमा उत्रने समेत आर्चायले बताए । 

  पुर्व राजदुत तथा कागेंस नेता दिपकुमार उपाध्यायले भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नु, दिनानुदिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुर्नउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, जस्ता कामले सरकार असफलता तर्फ गएको बताए । पुर्व पार्टी सभापति राजेश आर्चायले सरकारले रोजगारी सिर्जनाको लागि  योजना, नीति तथा कार्यक्रम नल्याइनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्दा आम नागरिक पिडामा रहेको बताए । 

सरकारले  खेती लगाउने समयमा तत्काल  किसानहरुको लागी मलखादको व्यवस्था, कृषि तथा अन्य क्षेत्रका मजदुरहरुको लागी खाना, तथा जिवन निर्वाह गर्न आर्चायले माग गरेका छन् । 

पार्टी कार्यालय वाट सामाजिक दुरी कायम गरी संयो सद्ययामा जिल्ला प्रशासन कार्यालयमा पुगेर नारावाजी सहित ज्ञापन पत्र बुझाइएको थियो । उत्त कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपाल, पार्टी सचिव महेन्द्र पाठक,  प्रेम राममाझी कोषाध्यक्ष शोहरत तेली , इन्द्रिरा भट्राई , प्रकाश घिमिरे,भातृ संस्थाका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ