arrow
ADVERTISEMENT

'पुँजीबजारको समस्या सरकारले समाधान गर्छ'

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
stock-market-down.png.png
काठमाडौं। पुँजी बजारमा देखिएका स्वभाविक समस्या समाधानको लागि आफू पनि सकारात्मक रूपमा अघि बढ्ने सरकारले दलाबी गरेको।
 
काठमाडौंमा शनिबार भएको ‘पुँजीबजार सुधारका चुनौतीहरु र वित्त नीति’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने क्रममा अर्थमन्त्रालयका राजश्व सचिव राजन खनालले नेपाल सरकार पुँजीबजार विकासका लागि सकारात्मक रहेको भन्दै नेपाल सरकारको आगामी बजेटको पूर्वार्धमा सम्पूर्ण सरोकारवाला पक्षहरुको सहभागीतामा आयोजनामा हुने यस्ता कार्यक्रमले पुँजी वजारको सास्या समाधानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी पनि गरे । ‘पुँजीबजारको बास्तविक सुधार तथा विकासकालागि नियमन निकाय सवल एवं शसक्त हुनुपर्नेछ’ उनले भने ‘बजारमा सर्वसाधारणको विश्वास हुनुपर्ने, बजार नियमन तथा संचालनमा सूचना प्रविधिको प्रयोगमा यसले जोड दिनुपर्नेछ।’
 
उनका अनुसार नेपाल स्टक एस्सचेञ्ज लि.मा रहेको सरकारको स्वामित्व कम गर्न आवश्यक गृहकार्य भइरहेको छ । यसका लागि इच्छुक पक्ष अगाडि आइनसकेको जानकारी पनि उनले दिए। त्यसैगरी कार्यक्रममा आफ्नो विचार राख्दै नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय व्यवस्थापन महाशाखाका सह–सचिव श्री सूर्य प्रसाद आचार्यले प्रस्तुत कार्यपत्रहरुले पँुजी बजारको सुधार तथा विकास सम्बन्धी मुद्दाहरुलाई ठोसरुपमा उठान गर्न सकेको र सोबाट आगामी बजेटमा यससम्बन्धमा राखिनुपर्ने विषयहरु थप स्पष्ट भएकोे विचार व्यक्त गरे।
 
नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा पुँजीबजार सम्बद्ध लगानीकर्ताहरु सहित सम्पूर्ण सरोकारवालाहरुको सहभागिता रहेको थियो । जसमा बोल्ने अधिकांश वक्ताहरू पुँजी वजारको सुरक्षाको लागि सरकार र निजी क्षेत्र एक हुनुपर्ने पक्षमा आ–आफ्ना अभिव्यत्तिः दिएका थिए।
 
नेपाल सरकार, अर्थ मन्त्रालयका सह–सचिव श्री सूर्य प्रसाद आचार्य, नेपाल सरकार, अर्थ मन्त्रालयका उप–सचिव डा. बासु शर्मा, नेपाल स्टक एक्सचेञ्ज लि. का अध्यक्ष श्री रामजी रेग्मी र महाप्रबन्धक श्री सिताराम थपलिया, बोर्डका पूर्व अध्यक्ष तथा ईक्रा नेपाल लि. का कार्यकारी प्रमुख श्री दिपक राज काफ्ले, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल, मर्चेन्ट बैंकर एसोशियसन तथा स्टक ब्रोकर एसोशियसनका प्रतिनिधिहरु लगायतको उत्तः कार्यक्रममा उपस्थिती थियो।
 
कार्यक्रममा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीज्यूले समग्र पुँजीबजारको अवस्था र सुधारका चुनौतीहरु विषयक कार्यक्रम प्रस्तुत गर्दै पुँजीबजार सुधार तथा विकासमा बोर्ड निरन्तररुपमा लागेको र यसमा सबै सरोकारवालापक्षहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको विचारव्यत्तः गरेका थिए।
 
त्यसैगरी अर्को कार्यपत्र प्रस्तोता डा.बासु शर्माले पुँजीबजारका आधारभुत पक्ष र वित्त नीति विषयक कार्यपत्र प्रस्तुत गर्दै पुँजी बजार र वित्त नीति वीच हुने सम्बन्धलाई स्पष्ट गर्दै नेपाल सरकार पुँजीबजार विकासका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनी अध्ययनमा लागेको र यो बजारलाई विकास गर्न वास्तविक क्षेत्रका कम्पनीहरुलाई आकर्षित गर्न आवश्यक देखिएको विचार व्यक्त गुरेका थिए। डा. शर्माले पुँजीबजारको वास्तविक सुधार तथा विकास र विभिन्न कारणले आउन सक्ने संकटबाट बजारलाई बचाउन अध्ययन अनुसन्धान तथा लगानीकर्ता शिक्षामा विशेष जोड दिनुपर्ने समेत विचार व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ