कोभिड–१९ महामारीका वेला बेलायतमा रोजगारी गुमाउने ६ लाख श्रमिक
सिन्ह्वा,
प्रकाशित २०७७ असार २ मंगलबार
397
Shares
लन्डन। कोरोनाभाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार बताएको छ। मेको प्रारम्भिक सूचकले सङ्केत गरेअनुसार बेलायतमा काम गर्ने कर्मचारीको सङ्ख्या २.१ प्रतिशतले घटेको छ। मार्चको तुलनामा यो सङ्ख्या छ लाख १२ हजार ले कमी आएको ओएनएसले जनाएको छ।
ओएनएसको तथ्याङ्कमा मार्चदेखि मेसम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए जुन अघिल्लो त्रैमासिक (डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०) को तुलनामा तीन लाख ४२ हजारले कमी हो। यसलाई तथ्याङ्क कार्यालयले सन् २००१ पछिको रोजगारीमा ‘सबैभन्दा ठूलो त्रैमासिक गिरावट’ भनी रेकर्ड गरिएको छ।
उल्लेखनीय कुरा के छ भने होटल, रेस्टुरेन्ट र खुद्रा स्टोर बन्द भएपछि सामाजिक दुरीका उपायबाट प्रभावित, ‘थोक, खुद्रा व्यापार र मोटर सवारी को मर्मत’ औद्योगिक क्षेत्रको रिक्त पदहरुमा यो त्रैमासिकमा ४९.९ प्रतिशतले गिरावट आएको छ र ‘आवास तथा खाद्य सेवा गतिविधि’ क्षेत्रमा ७०.७ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ।