arrow

भारतीय सेनासँगको झडपमा चीनको पनि ४३ सेना गम्भिर घाइते वा मारिएको हुनसक्ने दावी

logo
प्रकाशित २०७७ असार २ मंगलबार
china-flag.png

काठमाडौं। लद्धाखको ग्यालवन क्षेत्रमा रहेको एलएसीमा भारत र चीनबीच भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको भारतीय सेनाले औपचारीक रुपमै पुष्टी गरेको छ। यो संख्या अझ बढ्न सक्ने बताइएको छ। अझै केहि गम्भिर घाइते भएकाहरुको उपचार भइरहेको भारतीय मिडियाहरुले बताएका छन्।  

भारतीय समाचार संस्था एएनआईले चीनका ४३ सेना पनि गम्भीर घाइते भएको वा मृत्यु भएको हुनसक्ने बताएको छ। स्रोतहरुलाई उदृत गर्दै एएनआइले सो समाचार सार्वजनिक गरेको छ। 

सोमबार राती चिनियाँ सेनाको आक्रमणमा परि सेनाका कर्णेल बी संतोष बाबु  र दुई जवानको मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएपनि राती सो संख्या २० रहेको भारतीय सेनाले बताएको हो। पूर्वी लद्धाखको गल्वान क्षेत्रमा झडप भएको हो।

दुई देशका सैन्य अधिकारीहरुबीच वार्ता भएको राती नै यो हिंसात्मक झडप भएको हो।  झडपमा गोली नचलेपनि ढुङगा, लाठी र अन्य धारिलो हतियार प्रयोग भएको हुनसक्ने बताइएको छ। चीनतर्फ भएको क्षतीको विवरण चीनले औपचारिक रुपमा दिएको छैन। 

पछिल्लो ४५ बर्षमा भारत र चीनको सीमा एलएसीमा भएको पहिलो हिंसात्मक झडप रहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ।

दुई देश युद्धको अवस्थामा रहेपनि कुटनीतिक र सैन्य अधिकारीहरुको वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिंसात्मक झडप भएको हो।

भारतीय सेनाले मृतकका आफन्तलाई उनीहरुको मृत्युको बारेमा जानकारी दिएपछि उनीहरुको विवरण सार्वजनिक गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित साह, विदेशमन्त्री एस जयशंकर र चीफ अफ डीफेन्स स्टाफ सहित सेनाध्यक्ष सहित उच्च सुरक्षा अधिकारीहरुसँग वैठक समेत गरेका छन्।

भारतले एलएसी नाघेर भारतको क्षेत्रमा आएका चिनियाँ सेनालाई आफ्नो क्षेत्र फर्कन भनेको समयमा चिनियाँ सेनाले आक्रमण गरि आफ्ना सेनाको आक्रमण गरेको बताएको छ। चीनले भने भारतले सीमामा उक्साएपछि झडपको स्थित सिर्जना भएको बताएको छ। 

झडप भएको स्थानमा एक भारतीय सेना बराबर ३ चिनियाँ सेना रहेको भारतीय सेनाले बताएको छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ