arrow

नेविसंघ महामन्त्री तिमल्सिनाद्धारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान 

logo
प्रकाशित २०७७ असार ३ बुधबार
Untitled-145.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा र उपत्यकामा कार्यरत जिल्लाका संचारकर्मीहरुको उपयोगको निम्ति नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । 

उनले मंगलबार मास्क, सेनेटाइजर, ग्लब्स लगायतका अत्याबश्यक स्वास्थ्य सामग्रीहरु नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखालाई उपलब्ध गराएका हुन् । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यालय भवन चौतारामा तिमल्सिना र नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकाश लामाद्वारा नेपाल प्रेस युनियनकी जिल्ला अध्यक्ष दुर्गा आचार्य र महासंघका अध्यक्ष महेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ