arrow

सरकारको भ्रष्टाचार विरुद्ध कांग्रेसको नेतृत्वमा स्याङ्जावासी सडकमा 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असार ३ बुधबार

स्याङ्जा । सरकारले कोभिड १९ लाई नियन्त्रण गर्न सरकारले १० अर्व खर्च भएको बिषयमा अहिले देशभरी चर्को आलोचना भएको छ । सरकारले कोभिड १९ का नाममा चरम भ्रष्टाचार गरेको भन्दै सडक तताइरहेको बेला स्याङ्जामा चर्को आलोचना भएको हो । 

यही बिषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस स्याङ्जाले प्रधानमन्त्रीलाई सरकारमा देखिएका कमिकमजोरी सुधार गर्नका लागि ध्यानाकषर्ण पत्र बुझाएको छ । 

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदबारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।  

नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मी, कार्यबहाक सभापति कुमार राना र संविधानसभा सदस्य राजु थापाको नेतृत्वमा सयौको संख्यमा ध्यानाकर्षण पत्र बुझाईएको हो । 

पुतलीबजार नगरपालिका १ स्थित अभियानपथ रहेको पार्टी कार्यालयबाट निस्केको ¥यालीले चौकीबजार, हुलाकमार्ग, सहिदचोक बैंकरोड हुँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगी ध्यानाकर्षण पत्र बुझाएको काँग्रेस स्याङ्जाले जनाएको छ ।
 
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र बुझाउँदै नेपाली काँग्रेस स्याङ्जाका प्रबक्ता इन्द्रबहादुर गोदारले ध्यानाकर्षण पत्रमा उल्लेख भएको मुद्दाहरु ¥यालीमा सहभागिलाई वाचन गरेर सुनाएका थिए ।   

प्रवक्ता गोदारले वाचन गरेको ध्यानाकर्षण पत्रमा सरकार भ्रष्टार नियन्त्रणमा असफल, कोरोना भाइरस नियन्त्रणमा निकम्बा बनेको आरोप लगाइएको छ । 

उक्त ध्यानाकर्षण पत्रमा अव्वस्थित क्वारन्टीनको सुधार, बिदेशमा अलपत्र परेका नेपालीका उद्दार, देशका विभिन्न ठाउँमा भोकभोकै रहेका नागरिकको हेरचाह गर्न जोडदार माग गरिएको छ ।
 
सरकारले आरडिटी परिक्षणका नाममा कोरोना भाइरसबाट नागरिकलाई त्रसित बनाएको उल्लेख गरिएको ध्यानाकर्षण पत्रमा तत्काल सतप्रतिशत पीसीआर परिक्षण थाल्न माग गरिएको छ । सरकारमा सहभागि मन्त्रिहरु भ्रष्टाचार गर्नमा तल्लिन रहेको अवस्थामा नागरिक आक्रान्त बन्न बाध्य भएको पत्रमा उल्लेख गरिएको छ ।
 
हामी सरकारलाई सुधार गरेर लैजान आग्रह गरिन्छ काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले भने, “जिल्लामा बनेका आइसोलेसनको सुधार, क्वारेन्टीनको थप व्यवस्थापन र गल्याङ् नगरपालिकामा स्वास्थ्य प्रमुख कर्मचारीले आत्महत्या गर्नुको निष्पक्ष छानविनको माग गरिन्छ ।” 

काँग्रेसले उठाएका मुद्दालाई कमजोर मानिए वा ठानिए कठोर कदम उचाल्ल आफूहरु बाध्य हुने सभापति रानाले चेतावनी दिए । चापाकोटमा इलाका प्रहरी कार्यालय स्तान्तरण, पत्रकारलाई प्रहरी लगाएर सोधपुछ लगायतका घट्नाका विषयमा पनि स्याङ्जा काँग्रेसले ध्यानाकर्षण गरेको छ ।
 
काँग्रेस स्याङ्जाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले आफूहरु सरकार र नागरिकको सेतुको रुपमा काम गर्ने निकाय रहेको बताउँदै काँग्रेसले उठाएको मुद्दाहरुमा सरकारले सुधार गर्नुपर्ने ध्यानाकर्षण पत्र तत्काल प्रधानमन्त्री कार्यालय पु-याउने बताए ।
 
ध्यानाकर्षण पत्र बुझाउन जाने त्रममा आयोजित र्यालीमा सरकार बिरुद्ध कडा नाराबाजी गरिएको थियो । र्यालीमा सहभागिले भ्रष्ट सरकार चाहिदैन, कोरोनाबाट नागरिकलाई आतंकित पार्न पाइदैन, आरडिटी परिक्षण छाडेर पीसीआर परिक्षण सतप्रतिशत गर लगाएका नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ