arrow

पहिरोले छेक्यो बाटो 

logo
प्रकाशित २०७७ असार ३ बुधबार
pahiro.jpg.jpeg

गाईघाट । केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन् । 

एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खसेपछि उक्त स्थानका सडक अवरुद्ध बन्न पुगेको हो । 

मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध बन्न पुगेको लिम्चुङबुङ गाउँपालिकाले बताएको छ ।

यस क्षेत्र जोड्ने सडकहरुको थुप्रै स्थानमा पहिरो खसेको तथा रुखहरु ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या आएको सो गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताइन् । 

उपाध्यक्ष राईका अनुसार मुकुर्ची बजार हुँदै पुवारे भएर डिल्लीबर, माझखर्कसम्मका क्षेत्रमा धेरै स्थानमा पहिरो खसेको र रुख ढलेर अहिले जिल्लाका उत्तरी पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध बन्न पुगेपछि यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी विभिन्न स्थानमा उपचारका लागि लैजान समस्या भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ