arrow

ढुंगा लागेर एक महिलाको ज्यान गयो

logo
प्रकाश भट्ट,
प्रकाशित २०७७ असार ३ बुधबार

दार्चुला । दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाकी ३६ वर्षीय कलावती बडालको ज्यान गएको हो । 

बुधवार बिहान खलंगा बजार आउने क्रममा श्रिबगड ओदाल भन्ने ठाउँमा माथि भिरबाट खसेको ढुंगा लागेर बडालको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भान चन्दले जानकारी दिए । 

उनी खलंगा राहत बुझ्न आइरहेको बुझिएको छ । मृतक महिलाका, दुई छोरा र दुई छोरी रहेका छन् । 

घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ