arrow

प्रदेश २ मा थपिदै संक्रमित, कुन जिल्लामा कति ?

logo
प्रकाशित २०७७ असार ३ बुधबार
corona-test-kit.jpg

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १८२ थियो ।

सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशबाट मङ्गलबार २८ संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म संक्रमितमध्येबाट ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताए ।

प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टाइनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टाइनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ