arrow

प्रहरी प्रशासनसँगको मिलेमतोमा सोलुखुम्बुका स्थानीय जनप्रतिनिधि एक पछि अर्को ज्यादती गर्दै

logo
प्रकाशित २०७७ असार ३ बुधबार
Solukhumbu-hamrakura.jpg.jpeg

सोलुखुम्बु। सोलुखुम्बु जिल्लामा प्रहरी प्रशासनसँगको मिलेमतोमा स्थानीय जनप्रतिनिधिले पछिल्लो समय एकपछि अर्को ज्यादती गरेका छन्। सत्तासीन नेकपाका स्थानीय नेताहरुको ज्यादतीबिरुद्ध प्रशासनमा उजुरी दिन पुगेका पीडितहरुलाई प्रहरीले न्याय दिनुको साटो नियन्त्रणमा लिएर झुटो मुद्धा दायर गरेको कांग्रेस महासमिति सदस्य भोजराज कार्कीले बताए।

एक साताअघि सोलुदुधकुण्ड नगरपालिकाको बैठकका क्रममा उपप्रमुख कल्पना राईले नगरपालिकाकी प्रवक्तासमेत रहेकी नेपाल तरुण दलकी नेतृ शारदा माया तामाङलाई अपशब्द बोल्दै कुटपिट गरिन्। पीडित पक्ष प्रहरी प्रशासनमा उजुरीका लागि जाँदा पीडक पक्षको मिलेमतोमा प्रहरीले निबेदन दर्ता गर्न इन्कार गरेको मात्र होइन, पीडितलाई बिनाकारण नियन्त्रणमा लिएर झुटो मुद्धा दायर गरेको कांग्रेसजनहरुको भनाई छ।

यसैगरी, प्रहरीसँगको मिलेमतोमा लिपुलेक गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले शंकरदेव बहुमुखी क्याम्पसका पूर्ब स्ववियू सभापति शुभराम बस्नेत, सरोज बस्नेत र उत्तम खड्कालाई नियोजित तरिकाले गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुर्‍याई त्यहाँको हिरासतमा राखिएको छ। 

गाउँपालिकाले चालु आर्थिक बर्षको विकास परियोजना अन्तर्गत उपभोक्ता समिति गठन सम्बन्धमा निर्णय लिन अध्यक्ष बस्नेतले बोलाएको बैठकमा भाग लिन जाँदा शुभराम र सरोज तथा बिरामी भएर बैठकमा भाग लिन नसकेका खड्कालाई घरबाटै उठाएर लगिएको थियो। सो घटनाबिरुद्ध धर्ना दिन गएकी गाउँपालिका उपप्रमुख मिना बस्नेत तथा वडा नं ४ का सभापति दुर्गाबहादुर बस्नेतलाई कुटपिट गरी घाइते बनाएकोमा स्थानीय प्रशासनले उजुरी लिन इन्कार गरेका छ।

प्रहरी प्रशासनले सत्तासीन नेकपाको दबाबमा कांग्रेस समर्थकहरुमाथि कतिसम्म अन्याय गरेको छ भन्ने जिल्लामा अनेकौं उदाहरण छन्। थुलुक गाउँपालिका वडा नं ७ का तरुण दल नेता देवीध्वज केसीलाई नेकपाका कार्यकर्ता दीपक राईले निर्घात कुटपिट गरी घाइते बनाए। त्यस घटनामा जिल्ला प्रहरी कार्यालय कार्बाही गर्नु त कता हो कता उजुरी समेत लिएन। घटनाको अनुसन्धान नगरी पीडित पक्षलाई प्रहरीले डर त्रास देखाएर मिल्न बाध्य बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ