arrow

रोपाइँ शुरु भो, मल छैन

logo
रासस,
प्रकाशित २०७७ असार ३ बुधबार
rice-farmer.jpg

सर्लाही। जिल्लामा धान रोप्ने समयमा मल अभाव भएपछि किसान चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार हुँदा मल नपाएपछि उनीहरु चिन्तित बनेका छन्। केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका उनीहरुले गुनासो गरेका छन्। कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ।

बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन नसकेको जनाइएको छ। उनीहरुले नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्दथे। यस वर्ष कुनै उपाय नभएको उनीहरुको भनाइ छ।

जिल्लामा अहिले मलको अभाव रहेको सो लिमिटेडका प्रमुख बज्रमणि लामाले बताए। उनको अनुसार धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता रहेको र अहिले संस्थानमा करीब एक सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया बाँकी रहेको छ। “अहिलेलाई डिएपीको माग बढ्दो रहेको छ। गोदाममा भएकोले एक–दुई गाउँलाई पनि पुग्दैन।  साउनतिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ। माग गरेका छौँ। आयो भने सहज हुन्छ। ” उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ