arrow

कैलालीमा जीपको ठक्करबाट केदारेश्वर बोर्डीङ स्कूलका प्रिन्सिपल कोटकेनीको मृत्यु (भिडियोसहित)

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार ३ बुधबार
accident-death-kailali.jpg

कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा जीपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृतक मोटरसाईकल चालक गम्भीर कोटकेनी जोशीपुर गाउँपालिका २ कैलालीका रहेको उनको साथमा रहेको मतदाता परिचय पत्रबाट पहिचान भएको छ।

मृतक वडा नम्बर ६ लालपुरमै रहेको केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल रहेको स्थानीयले बताएका छन् । उनी सोही विद्यालयका सञ्चालक समेत रहेका थिए । विद्यालयबाट निस्किएर घर जाने वेला विद्यालयभन्दा दुई सय मिटर टाढा सडक दुर्घटना भएको हो । मृतक हाल लालपुरमा वस्दै आएका थिए।

वा २० च ५१२८ नम्बरको जीपले ठक्कर दिदा से ४ प ७३९८ नम्बरको मोटरसाईकलमा सवार कोटकेनीको घटनास्थलमै मृत्यु भएको स्थानीय भरत विक्रम शाहले जानकारी दिए ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जीवन विकलाई नियन्त्रणमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ