arrow

नीति–कार्यक्रममा पर्‍याे ४ संशोधन : कांग्रेसको १६ बुँदे, नेमकिपाको २० बुँदे

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
bicc.gif.gif
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा संसद सचिवालयमा ४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । आइतबार मात्रै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३ वटा दलका सांसदहरुले संशोधन हालेका हुन् । संशोधन दर्ताको समय विहान ११ देखि वेलुकी ४ बजे सम्म तोकिएको थियो । 
 
कांग्रेसका सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको प्रस्तावमा विभिन्न १६ बुँदा छन् । कांग्रेसबाट प्रस्ताव दर्ता गराउनेमा रमेश लेखक लगायत छन् । यस्तै, नेपाल मज्दुर किसान पार्टी नेमकिपाका दुई सांसदले छुट्टा–छुट्टै दफामा छुट्टै प्रस्ताव हालेका छन् । 
 
प्रस्ताव दर्ता गराउने प्रेम सुवाल र अनुराधा थापा रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । नेमकिपा सांसिदहरुले २० बुँदे संशोधन हालेका छन् । यस्तै, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका सांसद रामकुमार राईले समेत संशोधन प्रस्ताव दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ