arrow

नेपाल प्रेस युनियनद्धारा खोटाङका क्रियाशिल पत्रकारलाई प्रेसको ज्याकेट वितरण

logo
प्रकाशित २०७७ असार ३ बुधबार
khotang-press-jacket.jpg

खोटाङ। नेपाल प्रेस युनियन शाखा खोटाङले जिल्लाका क्रियाशिल पत्रकारलाई प्रेसको ज्याकेट वितरण गरेको छ। खोटाङका समाजसेवी तथा नेपाली कांग्रेसका उपसभापति धर्मराज पोख्रेलको आर्थिक सहयोगमा युनियनले ज्याकेट (एप्रोन) वितरण गरेको हो। विश्वभरी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकोक्रममा रिपोर्टिङ गर्नलाई थप सहयोग पुग्ने उद्देश्यले ज्याकेट वितरण गरिएको युनियनले बताएको छ।

दिक्तेलस्थित सगरमाथा होटलमा बुधबार आयोजना गरिएको वितरण कार्यक्रममा पोखरेलले २० थान प्रेस लेखिएको ज्याकेट प्रेस युनियन खोटाङका जिल्ला अध्यक्ष उत्तम चौलागाँईलाई हस्तान्तरण गरेका हुन्। पोख्रेलले चौलागाँईलाई हस्तान्तरण गरिएको ज्याकेट जिल्लामा क्रियाशिल पत्रकारहरुलाई वितरण गरिएको छ।

३२ हजार बराबरको प्रेस ज्याकेट पत्रकारहरुको मनोबल बढाउनका लागि सहयोग गरिएको पोख्रेलले बताए । आगामी दिनहरुमा पनि पत्रकार, सञ्चारकर्मी र सञ्चार गृहका लागि सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन्। युनियनका अध्यक्ष चौलागाँईले संक्रमणको अवस्थामा पोख्रेलले ज्याकेट उपलव्ध गराएर ठुलो सहयोग गरेको बताए। उनले जिल्लाका पत्रकार तथा संचारकर्मी कोरोना नियन्त्रणको लागि अहोरात्ररुपमा खटिरहेको अवस्थामा गरिएको सहयोग महत्वपूर्ण रहेको बताए।

नेपाली कांग्रेसका उपसभापति नवराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सुमन आचार्य, जिल्ला सदस्य प्रकाश श्रेष्ठ, सम्पादक समाजका अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढीका नगरसभापति दुर्गाप्रसाद घिमिरे, नेपाल विधार्थी संघका सभापति राजकुमार बस्नेत, प्रेस युनियन खोटाङका पूर्वअध्यक्ष दिलिप खत्री, रुपाकोट रेडियोका स्टेशन मेनेजर सुर्य तामाङ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रामधन राई लगायतको उपस्थिती थियो। यस्तै, नेपाल प्रेस युनियन जिल्ला शाखा काठमाडौका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियन जिल्ला शाखा खोटाङलाई एक सय थान सर्जिकल मास्क, एन ९५ मास्क ८ थान, एक सय थान सर्जिकल ग्लोब्स र ५ लिटर स्यानिटाइजर उपलब्ध गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ