arrow

सखुवा प्रसौनी गाउँपालिकामा यसरी सकिदैछ बजेट

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ असार ३ बुधबार
pradip-jaisawal-prg-birgunj.jpg

वीरगंज। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले सरकारी बजेटमा व्यापक अनियमितता गरेको घटना उजागर भएको छ।

लकडाउनको अवधिमै जयसवालले सिलाईकटाई, ब्युटिशियन, मोटरसाईकल मर्मतको तालिमको नाममा २४ लाख सकाएका छन्। जयसवालले क्वारेन्टाइन व्यवस्थापनको नाउँमा २५ लाख रुपैया खर्च गरेका छन्।

छोरी शिक्षा बिमा कार्यक्रममा तीन लाख, इद मिलनमा तीन लाख, होली मिलनको नाउँमा पाँच लाख रुपैया समेत उनले सकाएका छन् ।

आफ्नो गाउँपालिकाको महुवनदेखि घुसुकपुर, औराहामा २० लाखको लागतमा नाला, लखनपुरमा २३ लाखको लागतमा ढलान सडक, आफ्ना निकटकालाई बाँडेर असारे विकासको नाउँमा खर्चेर सकाएको पोल समेत खुलेको छ।

लकडाउनको अवधिमै २ वटा खसी काटेर आफ्ना शुभचिन्तकहरुलाई वडा नं. १ को सिद्धपुरमा भव्यभोजको आयोजना गरेका जयसवालले गरेको सो भोजमा इलाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी निरिक्षक दीपक चोरवार पनि सहभागि रहेका थिए ।

अहिले आर्थिक बर्षको अन्तिम महिना असारको मौका छोपी व्यापक गाउँपालिकामा व्यापक विकृती र विसंगतीका काम भइरहेको नेकपाका युवा नेता यसवन्त यादवले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ