arrow

भारतीय खेलकुद मन्त्रीको भिडियोमा नेपथ्यको गीत ‘रेशम’ 

logo
प्रकाशित २०७७ असार ४ बिहिबार

काठमाडौं । यतिबेला नेपाल र भारतबीचको सम्बन्ध केही चिसिएको छ । नेपालले पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा अद्यावधिक गरी नेपालको संविधानमै पहिलो पटक समेटेपछि सम्बन्ध चिसिएको हो । 

भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि अतिक्रमण गरेको र लिपुलेकबाट मानसरोवरका लागि सडक नै उद्घाटन गरेपछि दुई देशबीच भूमिको विषयलाई लिएर सम्बन्ध चिसिएको हो । 

यद्यपि सम्बन्ध दीगो राख्नका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहले सम्बन्ध बलियो रहेको र कुनै पनि समस्या वार्ताबाट समाधान हुने केही दिनअघि बताएका छन् । 

नेपालमा पनि नेताहरुले वार्ताबाट नेपाल–भारतबीचको विवाद समाधान हुने भन्दै निरन्तर दीगो छिमेकी सम्बन्ध कायम रहने बताएका छन् । 

यसैबीच यतिबेला भारत र चीनबीच लद्दाखमा तनाव बढिरहेको छ । यही तनावबीच गत सोमबार १५ जुनको दिन भारतको इन्डोतिब्बत बोर्डर पुलिस आइटीबीपीले आउलीमा भने समर र विन्टर गेम्सलाई प्रमोशन गर्ने तयारी गरेको जनाएको छ । 

भारतीय खेलकुद मन्त्री किरेन रिज्जुले फेसबुकमा भिडियो पोष्ट गर्दै उक्त क्षेत्रमा समर र विन्टर गेम्स राम्रो हुने भन्दैआइटीबीपीलाई यी खेलका सुविधा दिने योजनामा लागेको बताएका छन् । 

आइटीबीपीले उक्त क्षेत्र भ्रमण गरेको छ । र उक्त क्षेत्र लोभलाग्दो गरी भिडियोमा खिचिएको छ । 

प्रमोशन नेपाली गीतको 
सबैभन्दा आकर्षक त उक्त भिडियोको कभर गीत नेपाली गीतलाई लिइएको छ । नेपथ्य ब्याण्डको गीत ‘रेशम’ लाई राखिएको हो । उक्त ब्याण्डको एल्बम रेशम सन् २००१ मा आएको थियो । 

यसका प्रमुख गायक अमृत गुरुङ हुन् । यो गीत देशविदेशमा चर्चित छ । 

यस गीतको माध्यमबाट नेपाल भारतबीच केही चिसिएको सम्बन्धलाई मत्थर गर्नेमात्र छैन राजनीतिक रुपले यसलाई अर्थपूर्ण  भावले पनि हेर्न सकिन्छ । 

यसलाई जनस्तरको सम्बन्ध बढाउन पनि ‘कुटनीतिक’ रुपमा यो गीत र भिडियोलाई लिइएको छ । 

नेपाल भारतबीचको कलात्मक, परम्परा र गीत–संगीत मिल्छ । त्यसैलाई जोड्ने प्रयास पनि मन्त्री रिज्जुले गरेको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ