arrow

मानव स्वभाव

logo
चेतन अञ्जान, 
प्रकाशित २०७७ असार ४ बिहिबार
chetan-anjan.jpg

सबै प्रगतिमा ईर्ष्या गर्ने हुन्छन् जताततै
ओरालीमा पुगे मान्छे अर्ती दिने भएजति
नराम्रो चाहना राख्ने बानी कस्तो त मानिस
अर्काको रिस बोकेर तैलेँ इज्जत फालिस् । 

रुखो बोली भए कोही राम्रै हुन्छ यथार्थमा
बिस्कुन आखिरी सुक्ने चर्को प्रचण्ड घाममा
सन्तोष काममा गर्दै बढ उन्नतिमा सधैँ
खुट्टा तान्ने प्रशस्तै छन् इमान्दार भने कमै ।

आदर्श शास्त्रमा लेखी अरुलाई चलाउँछन्
लोभीहरु धनी बन्न रातारातै पलाउँछन्
हेर बाहिर साथीको अनुहार विचित्र छ
पल्टाउ त सबै पाता कस्तो सस्तो चरित्र छ ।

उपयोग गरी सारै दोहोरो नीति चाल्दछन्
सामुन्नेमा कुरा चिप्ला परैबाट पखाल्दछन्
कठैवरी भनी कोही आँसु भने चुहाउँछन्
को हुन्छ दुःखमा साथी आफन्त नै रमाउँछन् ।

पर्खी रहन्छ मान्छे यो आफन्तको अधोगति
निकै अर्ती खर्चदो छ हुँदै अनेक छट्पटी
तटस्थ बस्न जान्दैन दोष मात्र निकाल्दछ
पालेको चाहना हो कि बनौँ म मात्र चर्चित ।

मैले गर्दा भएको यो भनी श्रेय बढाउँछ
घन्टी लागि सकेको छ पाठ अझै पढाउँछ
मेरो मुहारमा यौटा दिशाबोध बिसाउँछ
यस्तो बानी लिने साथी, इष्टमित्र गनाउँछ ।
(देनपा इलाम)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ