arrow

पोखरामा छुट्टै महिला क्वारेन्टाइन

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
kailali-quarantine.jpg

चिप्लेढुङ्गा । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टाइन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।
 
लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टाइनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नं ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले उक्त अस्पताल निरीक्षण गरेका थिए। क्वारेन्टाइन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि श्यया तयार गर्न निर्देशन दिए ।
 
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिए । उनले भने, “भारतबाट आठ महिला पोखरा आउँदै हुनुहुन्छ, उनहरुलाई राख्नुपर्छ ।” महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टाइन बनाइने उनको भनाइ थियो ।

उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ