arrow

किम जोङको क्षेप्यास्त्रले नतर्साउँने उद्घोष दक्षिण कोरियाले पत्याएन

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
MAIN-war-korea.jpg.jpeg
सोल । दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताको लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्विकार गरेको छ । 
 
उत्तर कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कँग्रेसको सम्बोधनका क्रममा कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताएका थिए । 
 
राष्ट्रियरुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता उत्तर कोरियाली नेता किम जोङले व्यक्त गरेका थिए । 
 
उनले आफ्नो सम्बोधनमा भनेका थिए – दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ । 
 
तर त्यस प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले हिजोको सो प्रस्तावलाई अस्विकार गरिदिएको छ । 
 
उत्तरले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको थियो । तर सोमबार आएको दक्षिणको यस अभिव्यक्तिबाट भने यो अवस्था कायम रहन नसक्ने देखिएको समाचारमा जनाइएको छ । एएफपी 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ