arrow

कोरोना : मृतक पुरुषको शव गाडियो, आफन्तले टाढैबाट हेरे

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असार ४ बिहिबार
woman-dead-body.jpg

धनगढी । कोभिड-१९ कोरोना भाइरसको संक्रमणका कारण धनगढी स्थित सेती अस्पतालमा बुधबार बेलुका मृत्यु भएका पुरुषको शव नेपाली सेनाले ब्यबस्थापन गरेको छ । 

 मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्युपछिको कर्मकाण्ड पुरा गरी आफन्तसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शवको व्यवस्थापन गरिएको हो ।  मृतकको शव सेनाले गाडेको थियो । 

मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाद्वारा  तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ