arrow

नवलपरासीमा ह्वात्तै बढे संक्रमित : आजै पुर्वमा ३१, पश्चिममा एक

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असार ४ बिहिबार
covid-test-positive-corona.jpg

नवलपरासी । नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका वडा नं. ८ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नवलपरासी पश्चिममा एक संक्रमित थपिएको जानकारी दिएका हुन् ।

 उनी केहिदिन अघि भारतबाट आएका थिए । यसैबिच नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

यस्तै आजै नवलपरासी पुर्वमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी पश्चिमको तुलनामा पुर्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ