arrow

भ्यालेन्सियामाथि रियाल हावी, बार्सिलोनासंग अंकदूरी कम

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
Capture17.JPG

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा भ्यालेन्सियामाथि रियाल मड्रिड हावी भएको छ । 

बिहीबार राति भएको खेलमा रियालले भ्यालेन्सियामाथि ३–० गोलको जित निकालेको हो ।

खेलको २१ मिनेटमा पाएको पेनाल्टीलाई रोड्रिगोले गोल गर्न नसकेपछि पछि परेको भ्यालेन्सियामाथि गोल गर्ने क्रममा करिम बेन्जिमाले २ तथा मार्को असेन्सियोले १ गोल गरे । 

भ्यालेन्सियाका काङ इन ली ८९ औं मिनेटमा रातो कार्ड खाएर बाहिरिनु परेको थियो । 

यो जितले रियालले शीर्ष स्थानको बार्सिलोनासंग अंकदूरी कम गरेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक छ ।

रियालको ६२, सेभियाको ५१ तथा एथलेटिको मड्रिडको ४९ र गेटाफेको ४७ अंक छ । 

बिहीबार राति डेपोर्टिभो एलाभेससंग २–० गोलले पराजित भएको रियाल सोसिडाड ४७ अंकबाट छैटौं स्थानमा छ । 

डेपोर्टिभो ३५ अंकबाट १२ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ