arrow

यही अवस्थामा सार्वजनिक गाडी गुडाउन सक्दैनौं – यातायात व्यवसायी

किस्ताको समयसीमा कम्तिमा ६ महिना बढाइदिन माग

logo
हरि पन्त, 
प्रकाशित २०७७ असार ५ शुक्रबार
mahakali-yatayat.jpeg

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्ने समयसीमा कम्तिमा ६ महिना थप गरिदिनुपर्ने माग गरेको छ ।

कम्पनीले पत्रकार सम्मेलन नै आयोजना गरेर यस विषयमा जानकारी गराएको हो । 

विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन भएको र यसले यातायात क्षेत्रलाई प्रभावित पारेको भन्दै कम्पनीले यातायात व्यवसायीले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएको तर यतिबेला कुनै पनि हालतमा तिर्न सक्ने अवस्थामा नभएको स्पष्ट पारेको छ । 

यस्तो अवस्थामा यातायता व्यवसायीका लागि राज्य तथा सम्बन्धित निकायबाट कुनै राहतका प्याकेज उपलव्ध हुन नसकेको र सेवा सञ्चालनमा ठोस नीति तथा कार्यविधि समेत स्पष्ट आउन नसकेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी बताए । 

‘बैंक तथा वित्तिय संस्थाबाट किस्ता रकमका रकमका लागि निरन्तर ताकेता भइरहेको छ । यसले व्यवसायीलाई मानसिक तनाव बढेको छ । तर रकम भुक्तानी गर्न सक्ने अवस्थामा हामी व्यवसायी छैनौं’, अध्यक्ष केसीले भने, ‘रकम अशुल उपर सम्बन्धमा मानसिक दवावका कारण व्यवसायीबाट कुनै अकल्पनीय घटना परिघटना घट्न गएमा त्यसको जिम्मेवार बैंक तथा वित्तिय संस्था नै हुनेछ ।’

यस्तो अवस्थामा पनि बैंक तथा वित्तिय संस्थाले किस्ता तिर्ने समयसीमा नथपी अनावश्यक दवाव दिइएमा आफ्ना सवारी साधनको चावी र कागजपत्र बैंक तथा वित्तिय संस्थालाई नै बुझाउने अध्यक्ष केसीले बताए । 

साथै अध्यक्ष केसीले यही अवस्थामा आफूहरू सवारी साधन सञ्चालन गर्ने नसक्ने स्पष्ट पारेका छन् । उनले दवल भाडा नपाउने र चालक, सहचालकहरूको जिम्मेवारी राज्यले नलिने हो भने आफूहरू केही गर्न नसक्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ