arrow

छतमा राखेको टिनमा करेन्ट लागेर खजन्तिको घटनास्थलमै मृत्यु 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ असार ५ शुक्रबार
current-socked.png

नवलपरासी पश्चिम । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपु गाउँपालिकामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ८ बद्रिघाटका ५० वर्षिय खजन्ती राजभरको घरमै करेन्ट लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार घरको छतमा रहेको टिनमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेको थियो । 

राजभरलाई करेन्ट लाग्नासाथ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याइएको थियो । तर उनको मृत्यु भएको घोषणा गरियो । 

अहिले उनको शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर खुमान्नद पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ