- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म आम नेपाली युवाले झेलिरहेका भावना र यथार्थ भन्दा फरक नरहेको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिको एक बिद्यार्थी र अध्येता हुँ। राजनीतिमा निकै चासो रहेकाले कुनै दलसंग पनि सम्बन्धित छु । तर सबैभन्दा पहिले म यो देशको एक नागरिक भएकाले दशकौंदेखि अतिक्रमणमा रहेको नेपाली भूभागका विषयमा जनता, संसद, सरकार र प्रतिपक्षी दलहरुले खेलिरहेको भूमिका र संसदमा देखिएको अदभूत एकताप्रति गर्ब महसुस गर्दछु।
यो सुखद अनुभूति गर्दै गर्दा मर्यादित संसदको लागि माननीयको भूमिकालाई लिएर केही कुरा लेख्ने जमर्को गरेको छु । कुरा गएको जेठ २९ गते बसेको प्रतिनिधिसभा बैठकको हो। माननीय गगन थापाले विना आधार तथ्यलाई ख्याल नगरी बोल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यबहारप्रति लक्षित गर्दै कोभिड १९ का सम्बन्धमा गम्भीर र सान्दर्भिक प्रश्न तेर्साउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्रीको हलुका अनि गैरजिम्मेवार उत्तरमा सत्तारूढ अधिकांश सांसदको गड्गडाहट तालीको ध्वनिले पक्कै पनि हरेक विवेकशिल नेपालीको शिर निहुरिएको हुनु पर्दछ। मैले पनि राति सुत्ने बेलामा निकै गहिरोसंग सोचे प्रश्नको सान्दर्भिकता, प्रधानमन्त्रीको उत्तर, ताली बजाउने सांसद अनि हाम्रो संसद । स्मरण रहोस् कोभिड १९ को जोखिमतर्फ संकेत गर्दै माननीय गगन थापाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो भनी प्रश्न राख्दा प्रधानमन्त्रीले भर्खरै मैले नै भनेको भनी उत्तर दिएका थिए। संवेदनसिल विषयमा हाँसि मजाक गर्ने अधिकांश सत्तारूढ सांसद र त्यसको नायक प्रधानमन्त्रीलाई यस्तै खाले अनेकन हर्कतले संसदको प्रभावकारिता र मर्यादामाथि प्रश्न उठ्न सक्दछ भनी ख्याल हुनु पर्थ्यो वा पर्दैन थियो ?
यो त नेपाली उखान काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भएन र ? यद्यपि त्यही हेरिफेरीमा कृषि मन्त्रालय संग जोडिएको बिषय र बजेटका सम्बन्धमा माननीय प्रदीप गिरि र कृषि मन्त्री घनश्याम भुसालको प्रश्न र उत्तरले भने निकै संवेदनसिलता, बौद्धिकता र संसदिय मर्यादा बोकेको भन्दै जनस्तरबाट प्रशंसा बटुलेको थियो। एकातिर प्रश्न नै नबुझी वा बुझ पचाएर कमेडी शैलीमा उत्तर त अर्कोतिर भएको स्वस्थ बहसले मर्यादित संसदको निर्माणमा माननीयको भूमिकालाई थप सोचनीय बिषय बनाएको छ। हो सत्य हो हाम्रो रहन, सहन, सभ्यता, खानपिन र जीवनशैलीको आफ्नै मुल्य मान्यता र विज्ञान छ तर यसलाई लिएर धेरै कुरामा विश्वले नै ठोस उत्तर दिन नसकिरहेको कोभिड १९ जस्तो महामारी संग त्यो स्तरको शैलीमा जोड्नु कति उपर्युक्त र उचित थियो ?
उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नो तर्कलाई बचाउ गर्दै केही विषय राखेका थिए। एक छिनलाई प्रधानमन्त्रीकै आँखा धारण गर्ने नै हो भने पनि चिसो हावा,हिमाललाई मुल बनाएर तप तप चुहिएर आएको जडिबुटी मिश्रित पानी, नुन, अदुवा अनि बेसारहरुले कति र कुन मात्राको प्रतिरोध क्षमता बढाउने होरु त्यसको सहि प्रयोग तरिका के हो ? के नुन,अदुवा, बेसार हामीले मात्र जानेको विषय हो तरु यदि त्यसो हो भने पश्चिमा हरुको साल्ट,जिन्जर र टर्मरिक के हो ? त्यो प्रश्नको सहि उत्तर त्यसमाथि संसदमा यस्तो पाराको हुनु हुदैन थियो प्रधानमन्त्री ज्यु किनकी त्यो बैठक हजुरको निबासको अनौपचारिक छलफल थिएन।सबै नेपालीलाई अबगत नै होला र प्रधानमन्त्री लाई हेक्का रहनु पर्दथ्यो कि हामिले भन्दा निकै मात्रामा बढी मर मसला अदुवा,मरिच, बेसार,नुन,खुर्सानीको प्रयोग भारतीय भान्साहरुमा हुने गर्दछ।
तर त्यही भारतबाट संक्रमित नेपाली नागरिक आफ्नो मुलुक फर्किरहेका छन्। भारतमा कोभिड १९ का बिरामीहरुको संख्या उकालो लागिरहेको परिवेशमा हाम्रो पनि अवस्था उस्तै छ। प्रधानमन्त्री ज्यू मध्यपूर्व, भारत र नेपालसम्म आइपुग्दा कोभिड १९ रोग सार्ने जिबाणुले सो रुप फेरेको हो कि भन्नेतिर वैज्ञानिक खोजको विषय भैरहँदा हजुरले त्यसलाई महान् वैज्ञानिक बनेर नुन,अदुवा र बेसारसहित प्रस्तुत गर्नु कति उचित थियो होला ?
हेक्का रहोस् विज्ञहरुका अनुसार संक्रमण दर कम भएको हैन संक्रमित हुँदासमेत लक्षण मात्र नदेखिएको हो । यसले झन नोक्सानी गर्छ वा फाइदा विज्ञहरुका लागिसमेत चुनौतीको बिषय बनेको छ। त्यसकारण समस्या हजुर भित्रै छ। सरकारको अकर्मण्यतालाई लुकाउन हजुरलाई कहिले डाक्टर त कहिले ज्योतिष बन्नु परिरहेको छ। गति र मति हेर्दा लाग्छ कि ढिलो चाँडो एक दिन इन्जिनियर पनि अवश्य बन्नु हुनेछ । कलाकारिता त हजुरमा छ नै जसलाई अन्यथा नलिकन एक विशेषतानै मानौँला । तर मेरो पुस्ताले मतदानबाट निर्वाचित डाक्टर, ज्योतिष र कलाकार चाहेको हैन त्यो काम गर्न ज्ञान, विज्ञान र कलामा पोख्त अन्य थुप्रै विद्वान यो देशमा छन् ।
हामीले त केबल यो महाबिपत्तिमा हाम्रो संसद र जनताप्रति उत्तरदायी र जबाफदेहि एक क्षमतावान प्रधानमन्त्री चाहेका थियौं । बाँकी विषय रह्यो हिमालबाट आएको चिसो हावा र पानीको एकचोटी यथार्थ नजिक गएर सोच्नुस् नभए राज्यका संयन्त्रमार्फत तथ्य माग्नुस् हजुरले दाबी गरे जस्तो हिमालबाट तप तप चुहिएर आएको जडिबुटी मिश्रित पानी र चिसो हावा जनघनत्व धेरै भएका हाम्रा शहरहरु काठमाडौ, विराटनगर, जनकपुर, वीरगंज, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीतिर कति उपलब्ध छ ? ती ठाउँमा त्यसको स्वच्छता कति छ ?
त्यो पानी नागरिकले पिउन पाएका छन वा छैनन् ? अवश्य पनि छैनन् बरु त्यसको ठिक उल्टो अवस्थामा हामी छौं। जलस्रोतको पर्याप्तता भएको हाम्रो मुलुकमा पिउनयोग्य पानीको हाहाकार अनि अधिकांस सहरहरूमा हावाको स्वच्छताको विसयमा नागरिक सबै अबगत नै छन्।म ज्ञण् बर्षको छदा रेडियो नेपाल बाट बज्ने मेलम्ची खानेपानी सम्बन्धि समाचार मेरो उमेर तीन दशक कट्दा समेत बजि नै रहेको छ। कोभिड १९ आउनु पूर्व पनि काठमाडौं लगायत प्रमुख शहरहरुमा नागरिकका कानले मास्क थेग्नै पर्दथ्यो यद्यपि हजुरका आखाले तिनलाई सरकार विरोधी देख्दथ्यो।
स्मरण रहोस् काठमाडौंमा माक्स लागाउने ब्यक्ति प्रदुषण नियन्त्रणको सबालमा सरकारले गरेको चमत्कारिक काम विरोधी हुन् भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले केही समय पहिले दिएका थिए। अर्कोतिर हजुरले भनेकै अदुवा, बेसार र नुन भरपुर खाएका नेपाली ज्यानहरुलाई विदेश र नेपालमा समेत कोभिड १९ ले गर्ल्याम गुर्लुम ढालेकै छ। संसदमा गरिएको प्रश्न हजुरको पट्यार लाग्दो भासण सुन्न र हाम्रो खानपिन शैलीको ब्याख्याका लागि थिएन । सायद बरालिएको, भ्रष्टाचारमा लिप्त सरकारलाई मुख बन्द गरेर हात बढी चलाउँदै नागरिकप्रति जबाफदेहि रहन प्रस्तुत एक जनआवाज थियो ।
त्यति ओजिलो र सान्दर्भिक प्रश्नमा बेतुकको जबाफ र त्यसमाथिको हाम्रा माननीयको तालीले संसदको गरिमा र अभ्यासलाई टेवा पुर्याउँदैन। विषय रोग प्रतिरोधात्मक क्षमताको मात्र हैन भैरहेको भ्रष्टाचार र संक्रमणको पनि हो। प्रधानमन्त्री ज्यू हजुरले भनेजस्तै सब ठिकठाक हुन्थ्यो भने विश्वले खर्बौ रुपैयाँ किन खर्च गर्थ्यो होला ? चरम भ्रष्टाचारमा लिप्त भनिएको हजुरकै नेतृत्व सरकारले आखिर त्यसकै आडमा झिनामसिना काममा १० अर्बको खर्च देखाएको हैन र ?
अन्त्यमा, मेरो पुस्ता ढिलो नगरी उठ्ने समय भैसकेको छ । उत्तेजित भएर हैन विवेकशील रहेर, आलोचना मात्र हैन समाधान बोकेर, हिनताबोध हैन मुल मन्त्र हो हामी सक्छौं हो हामी गर्छौंका साथ। संगै सांसद के हो ? उसको आचरण कस्तो रहने ? उसको जिम्मेवारी के हो ? संसदीय अभ्यास कस्तो हुनु पर्दछ ? संसदभित्र देखाइने निर्लज्जताको पराकाष्ठाले जनमानसमा के सन्देश जान्छ ? कतै मैले संसदको बैठकलाई सर्कस त सम्झेको छैन ? यी र यस्तै प्रश्नहरुको सहि उत्तर अन्य कुरा यथावत् रहेमा आफ्नो अनुहार ऎनामा हेरेर दिन नसक्ने अधिकांश माननीय र यस्तै खाले ूहग्ने लाई भन्दा देख्ने लाई लाजूउखान झै मर्यादाको ख्याल नगरी जे पनि बोल्ने स्वस्घोषित कथित क्षमतावान प्रधानमन्त्रीहरु अब पनि हामिले चुनिरहने हो भने एउटा अमुख क्लबको भन्दा पनि संसदको गरिमा, मर्यादा र प्रभावकारिता तल झर्नेछ। सबैलाई चेतना भया ।