arrow

मापदण्ड पालना गरेर मात्रै व्यापार गर्न महासंघको आग्रह

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
Footpath-business1-.jpg

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ । सरकारले लकडाउनलाई सामान्य बनाउँदै लगे पनि  कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएकाले महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।

अध्यक्ष कटुवालले ‘कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरूलाई पनि जोगाऔँ’ भन्ने मूल मन्त्रलाई ख्याल गर्दै विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम् मापदण्ड पालना गर्न सबैको ध्यानाकर्षण गराएका छन् ।

न्यूनतम सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, सानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउनसमेत महासङ्घ उद्योगी–व्यवसायी तथा ग्राहकलाई अपिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ