arrow

मुगुमा कोरोना संक्रमित सुन्य, सजग रहने

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ असार ५ शुक्रबार
karnali-health-institute.jpg

मुगु। मुगुका पहिलो कोरोना संक्रमित युवाको दोस्रो चोटी परिक्षण गरिंदा नेगेटिव रिपोट आएको छ ।गत महिनाको २२ गते कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षिय युवामा कोरोना संक्रमण पुष्ठि भएको थियो ।

उनीमा कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित भएका थिए ।त्यसपछिका दिनमा मुगुबाट पठाईएका स्वावहरुको परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिव आएको थियो ।

जेठ २२ गते देखि गाँउपालिकाको रातापानी आईसोलेसनमा बस्दै आएका उनी र गाँउपालिकाका अन्य क्वारेन्टिनमा बस्दै आएका १५ जनाको स्वाव विहिवार परिक्षण गर्दा सबैको रिपोट नेगेटिव आएको प्रतिष्ठानले जानकारी दिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटिले जानकारी गराए । उनका अनुसार विहिवार मुगु जिल्लाकाबाट पठाएका १२६ स्वावहरु मध्य ७८  वटाको कोरोना परिक्षण गर्दा सबैको रिपोट नेगेटिव आएको छ भने ४८ स्वावको रिर्पोट आउन बाँकी छ ।

विहिवार प्रतिष्ठानले छायाँनाथ रारा नगरपालिकाका २६ खत्याड गाँउपालिकाका १६ र मुगुम कार्मारोङ्ग गाँउपालिकाका ८४ मध्य ३६ जनाको स्वाव परिक्षण गरेको थियो ।

मुगु जिल्लाको पहिलो कोरोना संक्रमित युवाको पुनःस्वाव परिक्षणको रिपोट नेगेटिव आएसंगै मुगुमा संक्रमितको संख्या शुन्य भएकाले मुगु जिल्लालाई कोरोना फ्रि जिल्ला भनेर भन्दा पनि फरक नपर्ने डाक्टर नगरकोटीले बताए ।

विहिवारसम्म मुगुका १०२७ जनाको पिसिआर परिक्षण भएको र सबैको नेगटिप रिर्पोट आएको जिल्ला प्रशासन कार्यालयको कोभिड १९ दैनिक रिपोटले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ