arrow

आईपीएल क्रिकेट: रोमाञ्चक खेलमा बैंगलोर १ रनले बिजयी

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
IPL_banglore.jpg.jpeg
काठमाण्डौं। रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोर १ रनले बिजयी भएको छ। किङ्ग्स ईलेवन इपञ्जाबलाई १ रनले पराजित गर्दै बैंगलोरले जीत हात पारेको हो। 
 
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले एबी डिविलियर्सको ३५ बलमा ६४ रनको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुामउँदै १७५ रन बनाएको थियो। बैंगलोरका के एल राहुलले ४२ र सचिन बेबीले ३३ रनको योगदान गरेका थिए। 
 
पञ्जाबका सन्दिप शर्मा र केसी करिअप्पाले २-२ विकेट लिएका थिए भने अनुरित सिंहले ३ ओभरमा १५ रन दिएर कसिलो बलिङ गरेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पञ्जाबका कप्तान मुरली विजयले ८९ रन बनाएका थिए। उनले ५७ बलमा उक्त रन बनाएका थिए। त्यसैगरि मारकस स्टोईनिसले ३४ रनको योगदान दिएका थिए। बैंगलोरका चहल र वाट्सनले २-२ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ