arrow

बाँकेमा पछिल्लो २४ घण्टामा १४ संक्रमित

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
bake1.png

नेपालगन्ज। बाँकेमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालमा गरिएको पिसीआर परिक्षणमा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमित थपिएको भेरी अस्पतालले जानकारी दिएको छ। आज थपिएका संक्रमित मध्ये बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का तीन जना र वडा नम्बर ८ का पाँच  जना रहेका छन्।

राप्तीसोनारी गाउँपालिकामा कोरोना संक्रमित १५ महिने बच्ची देखि ५० बर्षका पुरुषहरु रहेका छन्। त्यस्तै बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर २,३,५र ६ का ७ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ। बैजनाथका कोरोना संक्रमितहरु मध्ये वडा नम्बर २ का दुई, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का दुई र वडा नम्बर ६ का एक जना रहेका छन्।

उनिहरु सबै ९ बर्षका पुरुष देखि ६५ बर्ष सम्म रहेका छन् भने एक जना महिलाको उमेर खुलेको छैन् ।त्यसैगरी बर्दियाका ७ जना मध्ये  गुलरिया नगरपालिका ४ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु १९ देखि ३५ बर्षसम्मका पुरुष रहेका छन्। बर्दियाकै गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकामा ३ जनामा कोरोना भेटिएको छ। उनीहरु सबै २१ देखि ३५ बर्षका पुरुष हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ