डिनको नियुक्तिमा प्राध्यापक संघको गम्भिर ध्यानाकर्षण 

प्रकाशित मिति : २०७७ असार ५ शुक्रबार
तस्बिर : फाइल

काठमाडौं। त्रिभुवन बिश्वबिद्यालयद्वारा बिभिन्न पदहरुमा गरिएको नियुक्तिहरुप्रति त्रिभुवन बिश्वबिद्यालय प्राध्यापक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।चिकित्साशास्त्र अध्ययन संस्थानको डिन लगायतमा भएको नियुक्ति सहमति बिपरित भएको ठहर गरेको छ। यो नियुक्तिले वरिष्ठता र पूर्ण कार्यकाल मापदण्ड कडाईको साथ लागू गरिने भन्ने सहमति उल्लंघन भएको जनाइएको छ।

यस्तो कार्यले प्राध्यपकहरुको मनोवल घट्ने तथा बिश्वबिद्यालयहरुको गरिमा घट्ने संघका सभापति वसन्त ढकालद्धावा जारी बिज्ञप्तिमा जनाइएको छ।

नयाँ