arrow

चिकित्सकको लापरबाहीले खातुनको मृत्यु, डाक्टर फरार

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
woman-dead-body.jpg

लहान । लहानस्थित लिलामदन पोलिक्लिनिकमा चिकित्सकको लापरबाहीले शुक्रबारउपचारका क्रममा प्रसूतिको बिरामी मृत्यु भएको आरोप लागेको छ। 

पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि पोलिक्लिनिक तनावग्रस्त भएको हो। 

पोलिक्लिनिकमा प्रसूति गराउन आएकी सप्तरीको खडक नगरपालिका–३ की २३ वर्षीया मौसम खातुनको चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै पीडित परिवारले अस्पताल अगाडि प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको छ । 

करिब २५ दिनअघि लिलामदन पोलिक्लिनिकमा पेटको शल्यक्रिया गराएकी खातुनको दुई वटा टाँका चुडेपछि पुनः उपचारका लागि लिलामदनमै ल्याइएको थियो । चिकित्सकले खातुनलाई पुनः शल्यक्रिया गर्नुपर्ने भन्दै दोश्रो पटक शल्यक्रिया गर्ने क्रममा लापरवाही गरेकाले मृत्यु भएको आरोप पीडित परिवारले लगाएका छन् । 

आफैँले शल्यक्रिया गरेको पेटमा पुनः रकम कमाउने लोभमा शल्यक्रिया गर्न खोज्दा यस्तो अप्रिय घटना भएको आरोप लगाउँदै पीडित परिवारले पुनः शल्यक्रियाका लागि रु ३० हजार नगद लिएको बताएको छ । 

खातुनको मृत्यु भएलगतै लिलामदनका चिकित्सक डा दिलीप साह फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ