arrow

धनगढीको आइसोलेसन तीन दिन भित्रै सञ्चालनमा आउने

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
qurantine4.jpg

धनगढी । धनगढी उप-महानगरपालिका वडा नं १५ जडीबुटी प्रशोधन केन्द्रमा निर्माण गरिरहेको आइसोलेसन तीन दिन भित्रै सञ्चालनमा आउने भएको छ । चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउनका लागि रातदिन काम गरिरहेका छौँ धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, तीन दिन भित्र सबै काम सम्पन्न गरेर सञ्चालनमा ल्याउँछौँ । धनगढी उप-महानगरपालिका क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झन्डै २८ शय्याको आइसोलेसन तयारीको चरणमा पुगेको छ । १ सय ५० भन्दा बढी बेडको आसोलेशन बनाउन सकिने ठाउँ आफूहरू सँग रहेको  बताउँदै नगरप्रमुख वडले भने, धनगढी नगरका कोरोना सङ्क्रमितहरूलाई उपचार गर्न आवश्यक पर्ने जति सैया राख्छौं ।

यस आइसोलेशन भवनमा धनगढी उप-महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताए । सेती प्रादेशीक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा तयार गरेपनि संक्रमितहरुको संख्या बढेकाले आइसोलेशनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने, सबै स्थानीयतहले आफै आइसोलेशन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।

उप-महानगरपालिकाले तयार गर्न लागेको आइसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए । धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशीला मिश्र भट्टले आइसोलेशन भित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताईन । पुरुष र महिलाका लागि फरक फरक कक्षहरु छन् उप-प्रमुख भट्टले भनिन् , यस बिषयमा हामी संवेदनशील छौं । धनगढी उप-महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारीन्टाईन बनाएको पनि उप-प्रमुख भट्टले स्मरण गराईन ।

धनगढी उप-महानगरपालिका कोभिड उप-समितिका संयोजक नारायण बरालले आइसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताए । प्रदेश सरकारले सुरुमै गेटा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा तयारी गरेको भए अहिले अवश्यकता अनुसार आइसोलेशन कक्ष त्यही थप गर्न सकिन्थ्यो संयोजक बरालले भने, बिरामीको चाप भैरहने सेती प्रादेशीक अस्पताललाई कोरोना अस्पताल बनाउँदा संक्रमितहरुको उपचारमा समस्या भएको हो । गेटा मेडिकल कलेजमा ५ सय भन्दा बढी आइसोलेशन कक्ष बनाउन सक्ने ठाउँ छ बराले भने, त्यहाँ सुरुमै बनाएको भए प्रदेशभरी नै आइसोलेशनको समस्या हुने थिएन । अहिले स्थानीयतहरु समस्यामा रहेको उनले बताए । 

आइसोलेशनमा मानविय सेवामा अनेकौ प्रयासको सहयोग
यसै क्रममा मानविय सेवामा अनेकौ प्रयास संस्थाले आइसोलेशनका लागि आपतकालिक राहत सामाग्री हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष भक्तराज जोशीले आइसोलेशनमै पुगेर २५ थान बेडिङ्ग म्याट्रेस, ५० थान सुपानेट झुल, २८ थान तन्ना, २८ थान तकिया उपलब्ध गराएको हो । जोशीले नगरप्रमुख नृपबहादुर वड, उप-प्रमुख सुशीला मिश्र भट्ट र नगर कोभिड उप-समितिका संयोजक नारायण प्रसाद बराललाई सामाग्री हस्तान्तरण गरेका हुन । उनले आवश्यकता अनुसार सहयोग गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ