arrow

प्रदेश १ मा संक्रमितभन्दा घर फर्किने ज्यादा

logo
प्रकाशित २०७७ असार ६ शनिबार
corona-niko-test.jpg

विराटनगर । प्रदेश नं १ मा  कोभिड–१९  संक्रमितभन्दा घर फर्किने धेरै रहेका छन् ।   प्रदेशमा कोभिडबाट संक्रमितको सङ्ख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ । 

शुक्रबार १० जना कोभिड–१९ संक्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् ।

निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् । निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए ।
    
विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट संक्रमतको उपचार भइरहेको छ । यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् । 
    
यसैगरी शुक्रबार दुई जना कोभिड–१९ बाट संक्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एक/एक जना छन् भने उनीहरुलाई उपचारका लागि  विराटनगर ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ