arrow

कांग्रेस डोटी क्वारेन्टाईनहरुको निरिक्षण र राहत सामग्री बितरणमा

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार ६ शनिबार
congress-doti-quarantine-mo.jpg

डोटी। नेपाली कांग्रेस डोटीले जिल्लामा रहेका क्वारेन्टाईनहरूको निरिक्षण गर्न थालेको छ । जिल्ला सभापती प्रदीप देउवाको नेतृत्वको टोलीले क्वारेन्टाईनहरुको निरिक्षण तथा केही राहत सामग्री बितरणको थालनी गरेको हो । यसक्रममा दिपायल सिलगढी नगरपालिका ४ मा रहेको कुमालीको माध्यमिक विद्यालयको क्वारेन्टाईनको निरीक्षण गरिएको छ।

‘देशमा जताततै क्वारेन्टीनमा नागरिकहरूले सास्ती भोग्नुपरेको, क्वारेन्टाईन संक्रमणको स्थल बनेको लगायतका समाचार सुनिए,’सभापती देउवाले भने,’त्यसैले डोटीका क्वारेन्टीनको अवस्था के छ ? भनेर जानकारी लिन पार्टीले निरिक्षण थालेको छ । ‘

अब बिस्तारै नमुनाका रूपमा जिल्लाका अन्य स्थानमा रहेका क्वारेन्टीनको पनि निरिक्षण गरिने उनले बताए । ‘ सबैमा त कति सम्भव हुन्छ । नमुनाका रूपमा जिल्लाका सबैजसो स्थानका केही क्वारेन्टीनमा पुग्छौ । अन्यमा पार्टी संयन्त्रमार्फत सूचना संकलन गर्छौ,’ उनले भने ।

क्वारेन्टाईनको अवस्था सँगसँगै कोभिड १९को महामारीको प्रकोप र त्यसले सिर्जना गरेका समस्याहरूबारे पनि समुदायस्तरबाट समस्या अध्ययन गरेर पार्टीले उपयुक्त पहलकदमी गर्ने सभापति देउवाले बताए। उनले भने, ' समुदायमा देखिएका समस्या पहिचान गरेर सरकारलाई सुझाव र दवाव दिएर जिम्मेवार बनाउने हाम्रो अभियानको दायित्व हुन्छ । यसबाहेर सकेको सहयोग पनि गर्छौ।’

क्वारेन्टाईन जाँदा खाजा सामाग्री पनि लिएर जाने गरेको काँग्रेस डोटी क्षेत्र नम्बर १ का सभापति बिजय खड्काले बताए। बुधवार क्वारेन्टाईन निरिक्षण गर्दा जिल्ला सभापति देउवा, क्षेत्रीय सभापति खड्काका साथै जिल्ला कार्यसमितिका सचिव नारायण जोशी र नेविसंघका नेता दीपेन्द्र सिंह रहेका थिए।

त्यस्तै आदर्श गाउँपालिका केही बर्थीङ सेन्टरमा स्वास्थ सामग्री हस्तान्तरण गरेको पार्टी सभापति देउवाले हाम्राकुरालाइ जानकारी दिए। शुक्रबार पनि सायल गाउपालिकाको वडा  नम्बर ६ को महाकाली माबि साउन नारामा क्वारेन्टाइनमा साबुन, सर्जिकल माक्स र चाउ चाउचाउ वितरण गरिएको उनले बताए ।

त्यस्तै सायल गापाको ४ र ५ वडामा साबुन, चाउचाउ मास्क लगाएत सामग्री हस्तान्तरण गरिएको ५ का वडा अध्यक्ष गणेश बोगटी जानकारी दिए। क्वारेन्टाईन निरिक्षण तथा राहत वितरणमा जिल्ला सभापति देउवा, क्षेत्रीय सभापति खड्काका साथै जिल्ला कार्यसमितिका सचिव नारायण जोशी र नेविसंघका नेता दीपेन्द्र सिंह लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ