arrow

आज सूर्य ग्रहण, कस्तो छ समय ?

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असार ७ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आषाढ ७ गते आइतबार, इस्वी संवत जुन २१ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज आषाढकृष्णपक्षको अमावश्य तिथि बिहानमा ११ बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि लाग्नेछ । आज मृगशिरा नक्षत्र, विष्कुम्भादि योगमा गण्ड, करणमा किंस्तुध्न, आनन्दादि योगमा सौम्य रहनेछ । 

सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १० मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर १ मिनेटमा हुनेछ । 

सूर्य ग्रहण
आज सूर्यग्रहण लाग्ने दिन हो । नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ ।  आज बिहान १० बजेर ५० मिनेटबाट सुरु  हुने उक्त ग्रहण मध्याह्न  १२ बजेर ३८  मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । 

उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरु भएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । 

धार्मिक नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध, अशक्त तथा रोगीहरु बाहेकले भोजन ग्रहण गर्न हुँदैन । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ ।

ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने पगर्नुपर्दद्ध । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति हुन्छ । 

आइतवार लाग्ने ग्रहणले विशेष गरी महामारी, चोरी, डकैती, विपरीत बुद्धि हुने संकेत गर्दछ । बुध व्यापारसँग सम्बन्धित रहेकाले राहु चन्द्रमा र सूर्य सँगै बसेकाले पनि व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रहरुमा यसको उच्च प्रभाव रहनेछ । यो ग्रहणले ठूला हवाई दुर्घटनामा तथा भूकम्प जान सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । यसको प्रभाव कम्तिमा ९ महिना रहने गर्दछ । 

ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्दछ । साधना गर्ने मानिसका लागि आज अति उपयोगी दिन रहेकोछ । दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कम पर्नेछ । यो ग्रहणमा शिव तथा कालीको साधना बहु पयोगी हुन्छ । यस्तो समयमा गरिएको शुभ कर्महरु अन्य समयमा गरिएको भन्दा १०८ गुणाले बढि हुने धर्मशास्त्रमा उल्लेख छ ।

ग्रहणले राशिमा प्रभाव
आजको राशिफल
मेषः श्रीप्राप्ति हुनेछ ।     

वृषः क्षति हुनेछ । 

मिथुनः घात हुनेछ ।

कर्कटः व्यय बढुनेछ । 

सिंहः लाभ

कन्याः सुख प्राप्त हुनेछ । 

तुलाः माननाश हुनेछ । 

वृश्चिकः कष्टम हुनेछ । 

धनुः स्त्रीहरूलाई पीडा र पुरुषको हकमा स्त्रीले पीडा दिनेछन् । 

मकरः सुख प्राप्त हुनेछ । 

कुम्भः चिन्ता बढाउनेछ । 

मीनः व्यथा बढाउनेछ । 

साइतः आज सूर्य ग्रहण लाग्ने दिन भएकाले सकभर यात्रा नगर्नुहोला । आज बाध्यताबश यात्रा गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः१० बजेदेखि         ६ः४० बजेसम्म        उद्धेग बेला
बिहान ६ः४० बजेदेखि         ८ः१० बजेसम्म        चर बेला
बिहान ८ः१० बजेदेखि         ९ः४० बजेसम्म        लाभ बेला
बिहान ९ः४० बजेदेखि        ११ः१० बजेसम्म        अमृत बेला
बिहान ११ः१० बजेदेखि        १२ः४० बजेसम्म        काल बेला
मध्यान्ह १२ः४० बजेदेखि      २ः१० बजेसम्म        शुभ बेला
दिउँसो २ः१० बजेदेखि        ३ः४० बजेसम्म        रोग बेला
दिउँसो ३ः४० बजेदेखि        ५ः१० बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ