arrow

कोरोनापछिको खेलमा आर्सनलको लगातार दोस्रो पराजय, कसको स्थिति कस्तो ?

logo
प्रकाशित २०७७ असार ७ आइतबार
Ea93NXkXsAA03Ei.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीले रोकिएपछि सुचालु भएको इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो पराजय बेहोरेको छ । 

शनिबार भएको खेलमा आर्सनल ब्राइटन एन्ड होभ आल्बियनसँग २(१ गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए ।

यसअघि पहिलो खेलमा आर्सनल म्यानचेस्टर सिटीसँग ३–० गोलले पराजित भएको थियो । 

अन्य खेलको नतिजा 
वाटफोर्ड १–१ लेस्टर सिटी
वेष्टह्याम ०–२ वुल्भरह्याम्पटन वान्डेरर्स
बर्नमाउथ ०–२ क्रिस्टल प्यालेस

अंक तालिका 
लिभरपुल ८२, म्यान्चेस्टर सिटी ६०, लेस्टर ५४, चेल्सी ४८, म्यान्चेस्टर युनाइटेड ४६, वुल्भर ४६, शेफिल्ड ४४ टोटनह्याम र क्रिस्टल ४२, आर्सनल ४० अंक । 

यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ ।

आर्सनललाई हराउँदै ३२ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ