arrow

जुनियर खुला लनटेनिस प्रतियोगिता हुने

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
lawntennis-new.jpg.jpeg

काठमाडौँ । जुनियर लनटेनिस खेलाडीका अभिभावकको आयोजनामा तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता आगामी जेठ ४ गतेदेखि राजधानीमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा जम्मा १४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने अखिल नेपाल लनटेनिस सङ्घका सदस्यसमेत रहेका आयोजकका अध्यक्ष अजय विष्टले जानकारी दिए ।

प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहको एकल विधामा प्रतिस्पर्धा हुनेछ भने ब्वाइज÷गल्र्सको खुला डबल्स स्पर्धामा पनि प्रतिस्पर्धा हुने अध्यक्ष विष्टले बताए । डबल्समा यु–१२ देखि यु–१६ उमेरसमूहका खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ ।

छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु तीन लाख ५० हजार खर्च लाग्ने अध्यक्ष विष्टको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ