arrow

खोटाङ कांग्रेसद्धारा उपत्यकामा रहेका १३ सय खोटाङे परिवारलाई राहत वितरण 

logo
प्रकाशित २०७७ असार ७ आइतबार
Untitled-149.jpg

काठमाडौं । नेपाली कांग्रेस खोटाङले उपत्यकामा रहेका र बन्दाबन्दीका कारण चुलो चा‌ैकोमा समस्या परेका खोटाङे मजदुर, विद्यार्थी र बिरामीलाई काठमाडौं, ललितपुर र भक्तपुरका ६ ठाउँबाट एकै दिन करिव १३०० घर परिवारलाई राहत वितरण गरेको छ ।

विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण नेपालमा हाल सम्म २२ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ६ सय ५ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमण रोकथाम र संक्रमण फैलिन नदिनका लागि सरकारले पर्याप्त तयारी विना चैत्र ११ गतेबाट नेपाल भर  लकडाउन गरेको थियो । लक डाउनका कारण सवैभन्दा बढी असर  असंगठित क्षेत्रका मजदुर र विद्यार्थीलाई परेको महशुस गरि उपत्यकामा रहेका खोटाङेहरूका लागि नेपाली कांग्रेस खोटाङले राहतको व्यवस्था गरेको हो ।

नेपाली कांग्रेस खोटाङका सभापति नरेश कुमार श्रेष्ठको अगवाईमा वितरित राहत कार्यक्रम काठमाडौंको  जोरपाटी, कपन, वशुन्धरा नयाबानेश्वर, ललितपुरको सातदोबाटो र भक्तपुरको गठ्ठाघरबाट वितरण भएको थियो ।

प्रति परिवार १ बोरा जिरा मसिनो चामल, १ केजी दाल, १ पोका नुन र विभिन्न प्रकारका करिव ३ केजी तरकारी सहित जोरपाटी क्षेत्रबाट शुरूवात गरेको  राहत वितरण कार्यक्रममा जोरपाटी केन्द्रबाटमात्र २१५ घर परिवार लाभान्वित भएका थिए ।                                    

राहत वितरण कार्यक्रमको शुरूवात गर्दै कांग्रेस सभापति श्रेष्ठले उपस्थितहरूलाई सम्वोधन गर्दै भने, ‘नेपाली कांग्रेस, नेपाली जनताको सुखदुःखमा सधै सँगै हिँड्ने पार्टी भएकाले यसपालि पनि उपत्यकामा भएका र कोरोनाको कहरमा परेका खोटाङे जनताको दुःखमा केही गर्न सकिन्छ कि भनेर सानो प्रयास गरेको बताए । 

कांग्रेस सत्तामा भए पनि सत्ता बाहिर रहे पनि कांग्रेस नागरिक स्वतन्त्रता, मानवअधिकार र जनताको जिउधनको रक्षाको लागि प्रत्यक्ष  सरोकारमा जिम्मेवार भएर लाग्ने पार्टी भएका कारण कोरोना प्रभावलाई न्युनिकरण गर्न र देशमा आइपरेको महासंकटलाई समाधान गर्न विना राजनीतिक पुर्वाग्रह सत्तापक्षलाई रचनात्मक सहयोग गर्न यस्तो कार्यक्रम गरेको बताए ।

जोरपाटी केन्द्र बनाएर वितरण गरिएको राहत कार्यक्रममा नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य दिनेश राई, नेपाली कांग्रेस खोटाङ प्रदेश ख का सचिव गणेश थापा , नेपाली कांग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका सचिव डिवी खडका र गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष रमेश बरालको उपस्थिति रहेको शुरूवाती कार्यक्रम संचालन गर्दै प्रदेश ‘ख’ खोटाङका सचिव गणेश थापाले यो राहत कार्यक्रम कोरोनाको कहरमा फसेका खोटाङे जनताको लागि सानो प्रयास भएकाले दुरुपयोग नगरि सदुपयोग गरिदिन आग्रह गर्दै यो संवेदनशील अवस्थाको सामाजिक कार्यक्रममा सहयोग गर्ने नेपाली कांग्रेस खोटाङका सबै साथीहरू र राहत सामाग्री उपलब्ध गराई सहयोग गर्ने मनकारी दादाहरूलाई धन्यवाद ब्यक्त गरे ।

राहत वितरणकै शिलशिला अनुसार काठमाडौंको नयाँ बानेश्वर केन्द्र बनाएर वितरण गरिएको कार्यक्रममा संघिय संसदमा खोटाङबाट प्रतिनिधित्व गर्ने माननीय सांसद हिरा गुरूङको नेतृत्वमा वितरित राहत कार्यक्रममा झापाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकि संसद तथा खोटाङे चेली  महिन्द्रा लिम्बू, समाजसेवी टंङ्क श्रेष्ठ, देबेन्द्र बस्नेत, गोपाल सैंजु, ममिन्द्र जोशीको सकृयतामा राहत वितरण भएको थियो ।

त्यस्तै बसुन्धरा केन्द्र  बनाएर वितरण गरेको कार्यक्रममा पुर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, महाधिवेसन प्रतिनिधि जितेन्द्र ठकुरी, राहत वितरण कार्यको सचिवालयका संयोजक रोजन राई संगठन विभाग प्रमुख समीर राई र आरपी आचार्यको सक्रियतामा वितरण भएको थियो ।                

त्यस्तै भक्तपुरको गठ्ठाघरकेन्द्र बनाएर वितरण गरिएको कार्यक्रम नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा पुर्व जिल्ला सचिव महेन्द्र कटुवालको नेतृत्वमा सम्पर्क समिति अध्यक्ष काशी आचार्य, तरूण दलका नेता अर्जुन बस्नेत, महिला नेतृ कान्ता केशी, चिरञ्जीवी आचार्य र साना श्रेष्ठको सकृयतामा वितरण गरएको थियो ।    

त्यस्तै काठमाडौंको कपन केन्द्र बनाएर वितरण गरेको कार्यक्रममा जिल्ला कार्य समिति सदस्य, भक्तजंङ राई र नेविसंघ पुर्व केन्द्रीय सदस्य दुरेन राईले संयोजन गरेका थिए ।                  

सातदोबाटो केन्द्र बनाएर वितरण गरेको , राहत कार्यक्रममा  महाधिवेसन प्रतिनिधि डा राजकुमार राई, नेतृत्वमा राजन दाहाल, उपेन्द्र पोखरेल र डिम्पल श्रेष्ठको नेतृत्वमा वितरण भएको थियो ।

वितरित राहत सामग्री मध्य दाल, चामल नुनको व्यवस्था नेपाली कांग्रेस खोटाङले गरेका थियोे भने तरकारी जतिको व्यवस्थापन नेविसंघ खोटाङले गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ