arrow

रानी ऐश्वर्यलाई शिक्षा दिने अङ्गुरबाबा रहिनन्, पीके क्याम्पस खोल्न प्रमुख योगदान

logo
प्रकाशित २०७७ असार ७ आइतबार
angur-baba-joshi.jpg

काठमाडौं । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको आज ८९ वर्षको उमेरमा निधन भएको छ । नको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मिएकी जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान रहेको छ ।

आणविक वैज्ञानिक डा बलराम जोशीसँग विवाह गरेकी उनका दुई छोरी र एक छोरा छन् । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् । 

जोशीको साहित्यमा समेत रुचि थियो । विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ । उनको उत्कृष्ट प्रकाशन प्रालिले विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन गरेको त्यसका अध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिए ।

जोशीको लगाम सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाएको रिमालले बताए । तारागाउँ विकास समिति खडा गर्नमा उनको महत्वपूर्ण योगदान छ । पहिलो महिला क्याम्पस प्रमुख हुन् । 

रिमालका अनुसार उनीनेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गरेकी थिइन् । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उनले भूमिका खेलेकी थिइन् । 

शनिबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ